यौनवर्धक औषधि भियाग्राको प्रयोग कति खतराजनक छ ? 

खरीबोट

स्वास्थ्य । नेपाल, भारतजस्ता देशहरुमा यौनबारे खुलेर कुराकानी समेत हुँदैन तर भियाग्राजस्तै यौनवद्र्धक औषधिहरुको प्रयोग त एकदमै अव्यवस्थित, विना जाँच, डाक्टरसँग सरसल्लाह नै नगरी हुने गरेको छ । 

खास गरी युवाहरुले आफ्नो पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन मात्र नभई आफ्नो यौनसाथीको सामु शरम नहोस् भनेर भियाग्राको प्रयोग डाक्टरको सल्लाहविनै गर्ने गरेका छन् । यसो गर्नु स्वास्थ्यका लागि खतरा हुने विज्ञहरुको भनाइ छ । 

भियाग्राको प्रयोग कसका लागि ? 
भियाग्रा केवल नपुंसकत्वको समस्या भएका पुरुषले गर्न सक्छन् । त्यस्तै धम्कीको समस्या भएकाले यसको प्रयोग गर्नु खतराजनक हुन्छ । यसको प्रयोग गर्दा डाक्टरको सल्लाह अनिवार्य लिनुपर्छ । अन्यथा यसको अनियन्त्रित प्रयोगले दीर्घकालीन स्वास्थ्य समस्या समेत निम्त्याउँछ । 

कस्तो समस्या आउँछ ? 
यसले डर लाग्दो समस्या ल्याउनसक्छ । यसको अत्यधिक प्रयोगले मानिसलाई जीवनभर अन्धोपना हुनसक्छ भने यसको प्रयोगबाट इरेक्सन लामो समयसम्म रहनसक्छ । त्यसबाहेक टाउको दुख्ने, चक्कर चल्ने, आँखाको दृष्टि कमजोर हुने, गर्मी लाग्ने, नाक बन्द हुने जस्ता समस्या हुनसक्छ । त्यस्तै यसको अनियन्त्रित प्रयोगले श्वासप्रश्वासमा समेत समस्या निम्त्याउँछ । 

कसले प्रयोग नगर्ने ? 
अझ एचआईभीको औषधि रिटोनविर लिइरहेको व्यक्तिले त यसको प्रयोग गर्नै हुँदैन । त्यस्तै मुटुरोगीहरुको लागि भियाग्राको प्रयोग झनै खतरापूर्ण हुन्छ । त्यस्तै ब्लड प्रेसर(उच्च रक्तचाप), सुगर (चिनी रोग) भएकाहरुले पनि भियाग्राको प्रयोग गर्नुहुँदैन । मिर्गौला रोगीहरुले पनि डाक्टरको सल्लाहअनुसार मात्रै लिनुपर्ने हुन्छ । नभए केही मिनेटको आनन्दको लागि जिन्दगी नै जोखिममा पर्न सक्छ । स्वास्थ्य विशेषज्ञहरुका अनुसार चिकित्सकको सल्लाहविना भियाग्रा लिनु निकै जोखिम मोल्नु हो । 

भियाग्राले के गर्छ ? 
धेरै कुराहरुमा भियाग्राले काम गर्छ । यसले शरीरमा नाइट्रिक अक्साइडको मात्रा बढाइदिन्छ भने नशाहरुलाई पनि मोटो बनाउँछ । यो लिएपछि शरीरमा रक्तसञ्चार बढ्छ भने लिंग उत्तेजना बढाइदिन्छ । 

यसको प्रयोग कहिले र कसरी गर्ने ? 
भियाग्राको प्रयोग खाना खाएपछि या नखाईकन पनि गर्न सकिन्छ । यदि आफ्नो पेट भरिने गरी खाना खाएको छ भने यसको असर देखिन केही समय लाग्छ । यौन क्रिया गर्नु एक घण्टा अघि भियाग्रा लिनु उचित हुन्छ भने अंगुर या अंगुरको जुससँग भियाग्रा कहिल्यै प्रयोग गर्नुहुँदैन किनकि यसरी लिँदा यसको असर एकदमै कम हुन्छ । 

असर धेरै भयो भने ...के गर्ने ? 
यदि भियाग्राको असर धेरै नै भयो भने डाक्टरको सल्लाह लिनुपर्छ । बेलायतमा केही पुरुषहरुले यसको धेरै असर हुँदा डाक्टरसँग सल्लाह लिने गरेका छन् । यसको प्रयोगपछि उनीहरुको लिंग उत्तेजना चार घण्टासम्म हुँदा उनीहरुलाई समस्या भएको थियो । तर यस्तो समस्या सबैलाई हुन्छ भन्ने हुँदैन । यदि यस्तो भएमा भने डाक्टरलाई तुरुन्त सम्पर्क गरिहाल्नुपर्छ । 

  • बीबीसी हिन्दीबाट । 

सम्बन्धित समाचार

हार्वी यौन शोषण प्रकरण बाहिर ल्याएको न्युयोर्क टाइम्सले पायो यस बर्षको पुलित्जर पुरस्कार 

वाशिंटन । यस वर्षको पुलित्जर पुरस्कार न्युयोर्क टाइम्सको द न्यु योर्कर पत्रिकाले पाएको छ ।  दुवै पत्रिकाले हलिवुडमा फिल्म निर्माता हार्वी वाइन्सटाइनले अभिनेत्रीहरुलाई गरेको यौन शोषणको रिपोर्टिंगका लागि सो प्रतिष्ठित पुरस्कार

किशोरकिशोरी यौन र प्रजननका पुस्तक लुकेर होइन खुलेर पढ्छन्

शीतलपाटी, सिन्धुली । “महिनावारी भएका किशोरीले मात्र आवश्यकताअनुसार प्याड झिक्नुहोला । कति पिस लाने हो, रजिष्टरमा जनाइदिनुहोला ।”  तपाईंलाई लाग्न सक्छ, ती वाक्यांश स्वास्थ्य संस्थामा टाँस गरिएको सूचना होला । होइन, अहिले सिन्धुलीका

यौनवर्धक औषधि भियाग्राको प्रयोग कति खतराजनक छ ? 

स्वास्थ्य । नेपाल, भारतजस्ता देशहरुमा यौनबारे खुलेर कुराकानी समेत हुँदैन तर भियाग्राजस्तै यौनवद्र्धक औषधिहरुको प्रयोग त एकदमै अव्यवस्थित, विना जाँच, डाक्टरसँग सरसल्लाह नै नगरी हुने गरेको छ ।  खास गरी युवाहरुले

गत मंसिरदेखि हालसम्म १० जना यौनहिंसा र बलात्कारमा

काठमाडौँ । गत मंसिर महिनादेखि हालसम्म १० भन्दा बढी महिला तथा बालिका यौनजन्य हिंसा तथा बलात्कारका घटनाबाट पीडित भएका छन् ।  राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारीले विज्ञप्ति जारी गरी पछिल्लो