• २०८१ बैशाख ७ शुक्रबार

सर्वोच्चको आदेशपछि राप्रपा प्रजातान्त्रिक आयोगमा दर्ता

kharibot

राप्रपा प्रजातान्त्रिकका संयोजक पशुपति शमशेर राणा, फाइल तस्विर

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) लाई राजनीतिक दलका रुपमा बुधबार दर्ता गरेको छ । 

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले राजनीतिक दलसम्बन्धी ऐन, ०७३ अनुसार दल दर्ता गरिएको जानकारी दिए । आयोगले सर्वोच्च अदालतको आदेशपछि उक्त दललाई दर्ता गर्ने निर्णय गरेको जनाइएको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले गत साउन २२ गते आवश्यक केन्द्रीय सदस्यको दस्तखतसहित दल विभाजनका लागि आयोगमा निवेदन दिएका थिए । उक्त निवेदनसँग समावेश गरिएका नेताको दस्तखत सनाखतका लागि आयोगले सो पार्टीलाई आग्रह गरेकामा नेता राणाले दल दर्ताको माग गर्दै अदालतमा रिट हालेका थिए । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता राजाराम श्रेष्ठका अनुसार २० सांसद तथा ६९ केन्द्रीय सदस्य उक्त पार्टीमा छन् । रासस 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै