• २०८१ बैशाख १३ बिहीबार

एशियाली खेलकुदमा प्याराल्गाईडिङ्गमा पदकको आशा

kharibot

काठमाडौँ । ईन्डोनेशियाको जकार्तामा आयोजना हुने १८ औं एशियाली खेलकुद अन्तर्गत प्याराग्लाईडिङ्गमा नेपालले पदकको आशा गरेको छ । 

जकार्तामा १८ अगष्ट देखि सेप्टेम्बर २ सम्म आयोजना हुने प्रतियोगितामा नेपालले टिम विधा अन्तरगत टिम एक्युरेसी तथा टिम क्रसकन्ट्रि गरि दुई विधामा ५-५ गरि १० खेलाडीहरुले सहभागिता जनाउने तथा ईन्डिभिज्युयल एक्युरेसीमा पनि यिनै १० खेलाडीहरुले प्रतिस्पर्धा गर्ने नेपाल प्याराग्लाईडिङ्ग संघका महासचिव शैलेन्द्र राउतले जनाएका छन् ।

सोही प्रतियोगितालाई मध्य नजर गर्दै केहि समय अगि स्याङ्गजामा आयोजना भएको एशियन कन्टिनेन्टल टुरमा छनौट भएका २१ खेलाडीहरु मध्येबाट टिम एक्युरेसी र टिम क्रसकन्ट्रिका लागि दोश्रो चरणमा १०-१० खेलाडीहरुको छनौट पोखरमा बुधबार सम्पन्न भएको छ । यीनै २० खेलाडीहरुबाट पर्फरमेन्सको आधारमा एशियाली खेलकुदको लागि ५-५ खेलाडीहरुको छनोट गरिने छ । 

बुधबार छनौट हुन सफल खेलाडीहरुमा टिम क्रस कन्ट्री तर्फ बिशाल थापा, शुसिल भट्टराइ, शेर बहादुर गुरुङ, बिमल अधिकारी, बिजय दाहाल, कृष्ण बहादुर सुनुवार, आशिष थापा, निशिन थापा, सुरज थापा र अनिश भट्टराइ छन् । त्यसै गरि इन्डिभिजुअल एकुरेसी र टिम एकुरेसी तर्फ ऋषी पोडे, युबराज सुनुवार, मदन कुमार सुनुवार, शुवास थापा, अनिष भट्टराइ, युकेश गुरुङ, बिजय गौतम, सबिन राना मगर र बिशाल थापा छन । ति मध्ये युकेश गुरुङ कान्छा खेलाडी हुन । १६ वर्षका युकेशले हाल एसइई (प्याराग्लाईडिङ्ग पाईलट) परिक्षा समेत दिइरहेका छन ।

नेपाली खेलाडीहरुले टिम एक्युरेसी तर्फ पदक हात पार्ने नेपाल प्याराग्लाईडिङ्ग संघका महासचिव शैलेन्द्र राउतले बताए । उनले एशियामा टिम ईभेन्टमा नेपाल भन्दा अगाडी जापान र कोरिया मात्र रहेकोले नेपालको पदक पक्क भएको बताए । “विश्वमा पहिलो र दोश्रो स्थानमा ईटाली र फ्रान्स रहेका तथा नेपाल विश्वमा सातौ स्थानमा रहेको छ” राउतले बताए । नेपालले यस अघि पनि ईन्डोनेशियामा भएको प्रतियोगितामा टिम क्रस कन्ट्रिमा पहिलो स्थान र चिनमा भएको प्रतियोगितामा दोश्रो स्थान हात पार्न सफल भई सकेको संघले जनाएको छ । यसका साथै नेपालका ६ खेलाडीहरु विश्व ¥याङिकङ्गमा टप टेन भित्र रहेका छन् । त्यसका आधारमा पनि नेपालले पदक हात पार्ने पक्का रहेको छ शैलेन्द्रले बताए ।

प्याराग्लाइडिङ खेलका प्रशिक्षक समेत रहेका सानु बाबु सुनुवारले एशियाडमा नेपालको तयारी पदकका लागि हुने बताए । उनले भने– “यसमा नेपालको सहभागिता मात्रै होइन हामी त्यहाँ पदकको लागि खेल्ने छौ ।” सुनुवार नेपालको टिम क्याप्टेन समेत हुन भने विश्व ¥याङिकङ्गमा रहेका बिमल अधिकारी पनि प्रशिक्षकको भुमिकामा रहने छन । ४५ देशले सहभागिता जनाउने एशियाली खेलमा प्याराग्लाइडिङ तर्फ ३० भन्दा वढी देशको सहभागिता रहने अपेक्षा गरिएको छ । 

१९१९ मा नेपालमा ब्याबसायिक रुपमा सुरु गरिएको प्याराग्लाईडिङ्गलाई खेलकुदको रुपमा विकास गर्ने उद्धेश्यले २००८ जनवरी ३ मा राष्ट्रिय खेलकुद परिषदमा राष्ट्रिय संघको रुपमा दर्ता गरिएको थियो । त्यस पश्चात नेपालमा यसको विकास अझै हुन पुगेको छ । विश्वमै नेपालको पोखरा प्याराग्लाईडिङ्गको लागि दशौं उच्च स्थानमा पर्ने भएकाले खेलाडीहरुले राम्रो तालिम हासिल गर्नेछन् । नेपालमा हाल ५ सय खेलाडीहरु रहेकोमा २५० जना पूर्ण रुपमा ब्यावसायीक खेलाडीहरु रहेकाले पनि नेपालले एशियाली खेलकुदमा पदक हात पार्नेमा विश्वस्त रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै