• २०८१ बैशाख १३ बिहीबार

ग्रील तथा स्टीलजन्य पदार्थको मुल्यबृद्धि प्रति गम्भीर ध्यानाकर्षण, मुल्य फिर्ता नभए आन्दोलन गर्ने चेतावनी

kharibot

काठमाडौं । ग्रीलजन्य कच्चा पदार्थ (फलाम) तथा निर्माण सामाग्रीहरुको अस्वभाविक र अत्यधिक मुल्यबृद्धिप्रति ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालकाको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

बुधबार नयाँ बानेश्वर स्थित अल्फाबीटामा आयोजीत पत्रकार सम्मेलनको आयोनजागरी  यस बिषयमा जानकारी दिइएको हो ।

ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवालले ‘दिनप्रतीदिन  निर्माण सामाग्रीको मूल्य बृद्धी भएको र मूल्य बृद्धी हुनुको कारण सार्वजनीक गर्नुपर्ने बताउर्दे पसल अनुसार नै निर्माण सामाग्रीको मूल्य फरक पर्ने गरेको बताएका छन् ।

 उनले थपे  ‘किलोमा ३५ रुपैयाँ सम्म मुल्य बढेको छ । र काठको विकल्पको रुपमा फलामको प्रयोग गर्दै आएको समेत उनले बताएका छन् । 

नेपालमा ग्रील तथा स्टील व्यवसायीहरुले घर, ठूलाठूला भवनहरुमा आवश्यक पर्ने ग्रील जन्य सामाग्रीहरु गेट, भर्याङ, रेलिङ, पोल , टुईन  झोलुङ्गेपुल तथा कलकारखानामा आवश्यक पर्ने मेटल फ्रेब्रिकेटिङ सम्बन्धि सम्पुर्ण काममा सेवा पुर्याउदै आएको छ । 

नयाँ सरकार गठन भई देशले आर्थिक विकास र समृद्धीमा गती लिने विश्वास लिएको समयमा विकास निर्माणमा अति आवश्यक बस्तुहरुको मूल्य वृद्धी भएको प्रती आफुहरु चिन्तीत भएको ब्यवसायी महासंघले बताएको छ ।

निर्माण सामाग्रीको अत्याधिक मुल्य बृद्धी भएको कारण त्यसमा संलग्न १ लाख  ६० हजार श्रमिक तथा आश्रित २० लाख भन्दा बढी ब्यक्तिको भबिष्य संकटमा परेको बताएका छन् । जसले गर्दा भुकम्प प्रभाबितहरुले राज्यबाट पाएको रकमले बृद्धी भएको मुल्यलाई धान्न नसक्ने अवस्था रहेको अध्यक्ष कटुवालले बताए ।

मुल्य बृद्धीका कारण एकातिर लागत बढेको छ भने अर्कोतर्फ सहज रुपमा निर्माण सामाग्री बजारमा उपलब्ध छैन् । के कारणले निर्माण सामाग्रीको मुल्य बृद्धी भएको हो सोधिखोजी सम्बन्धित निकाय नगर्दा ईतिहासमै आज सम्मकै मुल्य बृद्धी भएको बताइएको छ ।

मुल्य बृद्धीको कारण सहित राष्ट्रिय पत्रिकामा सार्वजनीक गर्नुपर्ने, मुल्य वृद्धी फिर्ता हुनु पर्ने , गुणस्तरिय सामान सहज किसिमले उपलब्ध गराउनु पर्ने माग राखी स्थानीय प्रशासन , उधोग वाणिज्य तथा आपुर्ति मन्त्री र प्रधानमन्त्रि सम्मलाई ज्ञापन पत्र बुझाउने र सुनुवाइ नभए आन्दोलनका कार्यक्रमको घोषणा गर्ने चेतावनी महासंघले दिएको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै