काठमाडौँ । निकै महत्वका साथ हेरिएको कलंकीको अण्डर पास वेको अधिकांश काम सम्पन्न भएको छ । हाल कलंकीमा हुँदै आएको अत्यधिक यातायात चापका कारण यात्रुहरुले व्यहोर्दै आएको सास्ती अब हट्ने भएको छ ।
चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको कोटेश्वर–कलंकी सडक आयोजनाअन्तर्गत नै चिनको अनुदानमै बनेको यो अण्डर पास वे करिब तीन हप्तामा सञ्चालन हुने सडक विभागले जानकारी दिएको छ ।
विभाग अन्तर्गतको वैदेशिक महाशाखाका सिडिइ प्रकाश भण्डारीले कलंकी अण्डर पास वेको ९० प्रतिशत काम सम्पन्न भएको बताएका हुन् । आठ सय मिटरको अण्डर पास वे निर्माणको काम चीनले गर्दै आएको छ ।
कलंकीको खसिबजारदेखि वाफलसम्म यो अण्डर पास वेको दुरी छ । सर्वाधिक सवारी चाप हुने कलंकी क्षेत्रमा निर्माण भएको अण्डर पास वे सञ्चालन हुने वित्तिकै कलंकीमा हुने घण्टौँसम्मको ट्राफिक जाम घट्ने विश्वास गरिएको छ ।
अन्तिम अवस्थामा पुगेको कलंकी अन्डरपासको फोटो फिचर :