• २०८१ बैशाख ८ शनिबार

म्यानमारको राष्ट्रपतिमा सुकीका विश्वास पात्र उ विन मिन्त निर्वाचित

kharibot

नेपित्व । म्यानमारको राष्ट्रपतिमा उ विन मिन्त निर्वाचित भएका छन् । उनी सत्तारुढ दलका उम्मेदवार हुन् । 

मिन्त म्यानमारका विदेशमन्त्री आङ सान सुकीको दलका र उनको एकजना निकटस्थ व्यक्ति हुन् । 

सन् १९४८ पछि उनी म्यानमारको १० औँ राष्ट्रपतिमा निर्वाचित भएका छन् । संसदमा ६३६ जना सांसदले मतदान गरेकोमा उनले ४०३ मत प्राप्त गरेका थिए । 

म्यानमारको युनियन संसदले बुधबार उनलाई म्यानमारको राष्ट्रपतिमा निर्वाचित गरेको हो । उनले म्यानमारको सभामुख भएर काम गरिसकेका छन् । 

उनीसँगै उठेका अर्का दुई उम्मेदवारमध्ये एकजनाले २११ र अर्काले १८ मत मात्र प्राप्त गरेका थिए । 

म्यानमारका पूर्व राष्ट्रपति उ तिन कायले गत हप्ता राजीनामा दिएपछि त्यहाँका उप राष्ट्रपतिले कार्यबाहक राष्ट्रपतिका रुपमा रहेर काम गरेका थिए । 
उनले आफ्नो स्वास्थ्यका कारण राजीनामा दिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै