• २०८१ बैशाख १४ शुक्रबार

कुकुरलाई पिटेको निहुँमा अमेरिकामा एक जनालाई सुनाइयो १० वर्षको जेल सजाय 

kharibot

उत्तर अमेरिका । एक जना पोलिस मूलका म्यासाच्युसेट्स बस्दै आएका अवैधानिक आप्रवासीलाई कुकुरलाई अत्याचार हुने गरी पिटेको निहुँमा १० वर्षको जेल सजाय सुनाइएको छ । अधिकारीहरुले कुकुरलाई निर्दयी भएर मरणासन्न हुने गरी पिटेको भन्दै ३७ वर्षका राडोस्ल जर्कावस्कीलाई उक्त सजाय सुनाइएको बताएका हुन् । 

बोस्टन हेराल्डका अनुसार उनी अमेरिकामा अवैधानिक रुपमा बस्दै आएका थिए । पप्पी डोय नामले बोलाइने आफैले किनेर ल्याएको कुकुरलाई उनले मरणासन्न हुने गरी कुटेका थिए । उनीविरुद्ध जनावरमाथि अत्याचार गरेको आरोप लगाइएको हो । उनले सन् २०१३ मा उक्त कुकुर किनेर ल्याएका थिए । 

उनले किन्नुअघि पालेका व्यक्तिले उक्त कुकुरको नाम किया राखेका थिए । एउटा पार्कमा कुकुरमाथि निर्दयी भएर कुट्दा कुकुरको हड्डी भाँच्चिनुका साथै गम्भीर घाइते भएको थियो । यद्यपि जर्कावस्कीका कानुन व्यवसायीले भने उक्त कुकुरलाई आफ्नो क्लाइन्टले पाले पनि अरुले नै पार्कमा पिटेर घाइते बनाएको दाबी गरेका थिए । 

पोल्यान्डका नागरिक उनी यसअघि नै कारागार बस्दै आएका थिए । उनले १० वर्षको जेल सजाय काटेपछि आफ्नो देश फर्किनुपर्ने समेत भएको छ । उनलाई अमेरिकी आप्रवाससम्बन्धी कानुनअनुसार देश निकाला गरिने जनाइएको छ । 

त्यस्तै उनलाई कुनै पनि एनिमल फार्ममा जानबाट समेत वञ्चित गरिएको बताइएको छ । 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै