• २०८१ बैशाख ७ शुक्रबार

सेतो मत्स्येन्द्रनाथको दर्शन गर्न भक्तजनको भीड

kharibot

फाइल तस्बिर ।

काठमाडौँ । काठमाडौँको लगनटोलमा सेतो मत्स्येन्द्रनाथको दर्शन गर्न भक्तजनको भीड लागेको छ ।

मत्स्येन्द्रनाथको मूर्तिलाई मंगलबार साँझ रथयात्रा गरी यहाँ ल्याइएपछि स्थानीय तथा आसपासका सर्वसाधारण दर्शनका लागि भेला भएका छन् ।

गत आइतबार तीनधारा पाठशालाबाट शुरु भएको मत्स्येन्द्रनाथको रथयात्रा असन, सोमबार हनुमानढोका र मंगलबार लगन पुर्याइएको हो ।

जनवहालस्थित मन्दिरबाट उक्त मूर्ति विधिविधानपूर्वक रथारोहण गरी लगनस्थित माताको मन्दिरमा तीनपटक परिक्रमा गराउने प्रचलन छ । आजै साँझ आमा र छोराको भेट गराउने कार्यक्रम रहेको सेतो मत्स्येन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिले जनाएको छ ।

वर्षा र सहकालका देवता मानिने मत्स्येन्द्रनाथलाई दर्शन गरेमा रोगव्याधीबाट मुक्त भइने जनविश्वास रहेको काठमाडौँ महानगरपालिका–२४ का वडा सदस्य विनोद तुलाधरले बताए ।

परिक्रमापछि सानो खटमा राखेर मूर्तिलाई जनवहालस्थित मन्दिरमा पुर्याइने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै