• २०८१ बैशाख ८ शनिबार

मेसी नखेलेको खेलमा स्पेनले हान्यो अर्जेन्टिनाविरुद्ध आधा दर्जन गोल

kharibot

काठमाडौँ । मैत्रीपूर्ण खेलमा स्पेनले अर्जेन्टिनालाई ६–१ गोलको भारी अन्तरले पराजित गरेको छ ।

स्पेनको मड्रिडमा भएको खेलमा स्टार खेलाडी लियोनल मेसी विना मैदानमा उत्रिएको अर्जेन्टिनाले स्पेनसँग लज्जास्पद हार बेहोरेको छ । स्पेनको जितमा रियल म्याड्रिडका इस्कोले ह्याट्रिक गरेका छन् ।

खेलको १२औ मिनेटमा डिएगो कोस्टाको गोल मार्फत अग्रता बनाएको स्पेनका लागि २७औं मिनेटमा इस्कोले गोल गर्दै अग्रता दोब्बर पारेका थिए । खेलको ३९औ मिनेटमा निकोलस ओटामेन्डीले गोल गर्दै अर्जेन्टिना खेलमा फर्किने प्रयास गरेको थियो । तर दोस्रो हाफमा स्पेन अर्जेन्टिनामाथि हावी भयो र थप ४ गोल गर्न सफल भयो । 

खेलको ५२औ मिनेटमा इस्कोले र ५५औ मिनेटमा थियागो एल्कान्त्राले गोल गगर्दै स्पेनले ४–१ ले अग्रत लियो । 

त्यसपछि ७३ औं मिनेटमा लागो आस्पासले टिमका लागि पाचौं गोल गरे भने खेलको ७४औ मिनेटमा इस्कोले आफ्नो ह्याट्रिक पूरा गर्दै स्पेनको अग्रतालाई ६–१ पुर्याएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै