• २०८१ बैशाख ७ शुक्रबार

सामसुङ ग्यालेक्सी एस–९ र एस–९ प्लसको नेपाली बजारमा विक्री सुरु, यस्तो छ मुल्य

kharibot

काठमाडौं ।  सामसुङले मार्च २३ देखि काठमाडौंमा ग्यालेक्सी एस–९ र एस–९ प्लसको वितरण सुरु गरेको छ ।

सामसुङ ग्यालेक्सी एस–९ र एस–९ प्लसमा ‘ड्वल एपरचर लेन्स’ भएको क्यामेरा रहेको छ । परिमार्जनसहित बजारमा आएका ती फोनको  क्यामेराबाट ग्राहकहरूले फोटो तथा भिडियोहरू खिच्दा अरू स्मार्टफोनबाट पाउन नसक्ने अनुभव पाउने कम्पनीको दाबी छ ।

सुपर स्लो–मो र एआर इमोजी जस्ता विशेषताहरूसँग उपभोक्ताहरूले नयाँ सन्तुष्टि प्राप्त गर्ने सामसङ मोबाइल फोन सामसुङ नेपालका प्रमुख प्रणयरत्न स्थापितले बताए ।

ग्यालक्सी एस–९ प्लस को नेपाली मूल्य १ लाख ४ हजार ९ सय र एस–९ को ९२ हजार ९ सय रुपैयाँ रहेको सामसुङले जनाएको छ । ५ हजारको ‘क्यासब्याक’ अफर छुट गरी ग्राहकरुले  सामसुङ एस–९ प्लसको मूल्य ९९ हजार ९ सय रुपैयाँ र सामसुङ एस–९, को मूल्य ८७ हजार ९ सय तोकिएको सामसुङले जनाएको छ । 

यी दुई नयाँ फोनहरु लाइल्याक पर्पल, कोरल ब्लू र मिड्नाइट ब्ल्याक गरी तीन रङहरूमा उपलब्ध छन् । सामसङले यी फोन खरिदकर्ताहरुलाई लक्षित गर्दौ १२ हप्ताको लागि १२ सय जीबी डाटा निःशुल्क प्रदान गर्न एनसेलसँग साझेदारी गरेको छ । 

त्यस्तै, सामसुङले यी फोन खरिदकर्ताका लागि शिखर बीमाको सहयोगमा एक वर्षे बीमा गरिदिने जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै