• २०८१ बैशाख ४ मंगलबार

राष्ट्र बैकले बैंक तथा फाईनान्स कम्पनीहरुमा तीन अर्ब ६७ करोड रुपैयाँ निक्षेप राख्ने

kharibot

काठमाडौ । नेपाल राष्ट्र बैंकले तीन अर्ब ६७ करोड २६ लाख रुपैयाँ बराबरको रकम लगानी गर्न बैंक तथा फाईनान्स कम्पनीहरु संग प्रस्ताव मागेको छ ।

बिभिन्न कोषमा रहेको रकम एक बर्षिय मुुद्धती निक्षेपकोरुपमा २०७५ बैशाख एक गते देखि २०७६ बैशाख एक गते सम्म लगानी गर्न बैंक तथा फाईनान्स कम्पनीहरुसंग प्रस्ताव माग गरेको राष्ट्र बैकले जानकारी दिएको छ । 

प्रस्तावित कुुल रकम मध्य २८ वटा बाँणिज्य बैकहरुको लागि दुुई अर्ब ९३ कारेड ८१ लाख, बिकास बैकहरुको लागि ५५ करोड नौ लाख र फाईनान्स कम्पनीहरुको लागि १८ करोड ३६ लाख रुपैयाँ छुट्याईएकोे छ । राष्ट्र बैकका अनुसार रकम लगानी गर्न चाहाने बैंक तथा फाईनान्स कम्पनीहरुले आफुुले मुुद्धती निक्षेपकोरुपमा लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत उल्लेख गरेर यही चैत १५ गते बिहिबार अपरान्ह तीन बजेसम्म आवेदन दिनुुपर्ने छ । 

रकम लागानीको लागि प्रस्ताव पेश गर्ने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको हुनुुपर्ने, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको हुनुुपर्ने, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको हुुनुुपर्ने लगायतका प्रावधानहरु तोकिएकाछन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै