• २०८१ बैशाख ७ शुक्रबार

एपेक्स घोटाला प्रकरण : राष्ट्रबैंकका कर्मचारी र गभर्नरलाई होला त कारवाही ?

kharibot

काठमाडौं । पाप धुरीबाट कराउँछ भन्ने उखान यतिखेर तत्कालीन एपेक्सका बैकमा अध्यक्ष बिष्णुप्रसाद धिताल तथा अन्य सञ्चालक तथा कर्मचारीहरुको पक्राउ प्रकरणसंगै चरितार्थ भएको छ । 

केन्द्रिय अनुसन्धान व्युरोले तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकमा भएको घोटाला प्रकरणमा उक्त संस्थाका अध्यक्ष सहित हालसम्म १८ जना व्यक्तिहरुलाई पक्राउ गरिसकेको छ । पक्राउ परेका सबै व्व्यक्तिहरु उपर सिआईबीले बैंकिङ कसुर तथा सजाँए सम्वन्धी ऐन अनुसार कारवाही गर्नको लागि काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ । 

कसरी भयो घोटाला ?

अनुसन्धान प्रकृया चलिरहेको छ, जनताको एक अर्ब ५० करोड रुपैयाँ भन्दा बढी निक्षेप माथि खेलवाड गरेको घटनामा को को व्यक्ति दोषी ठहरिने छन, कुन कुन व्यक्तिहरुलाई दोषी ठहराईन्छ, कुन कुन व्यक्तिहरुलाई चोख्याईन्छ । त्यो त समय ले नै बताउला । तर यो घटनालाई जुन जुन व्यक्तिहरुले नजिकबाट हेरे उनीहरुको एउटै भनाई छ, यो घटना राष्ट्र बैंक कै कमजोरीका कारण अर्थात राष्ट्रबैक कै कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला जो बिकास बैंक सुपरीवेक्षण बिभागका प्रमुख समेत थिए उनकै छत्रछायाँमा भएको थियो । 

एनसीसी बैंकमा अहिले पनि सर्वसाधारण नागरिकको ५८ अर्ब ९१ करोड ३५ लाख रुपैयाँ भन्दा बढी निक्षेप रहेको छ । तर यो निक्षेपमा राष्ट्र बैक कै कार्यकारी निर्देशक निरौला सहितको टोलीबाट खेलवाड गर्ने काम भएको छ । एनसीसी बैक आफैमा नराम्रो र कमजोर कहिले पनि होईन । अन्य बैंक सरह यो बैंक पनि सवल र सक्षम रहेको थियो र हुने छ पनि । बैंकलाई सक्षम र चुस्त दुरुस्त बनाउन यहाँ कार्यरत कर्मचारीहरु लागि परेकाछन । तर बिगतमा एनसीसी बैकलाई कमजोर बनाउने काम एनबी समुहका लक्ष्मी बहादुर श्रेष्ठ, पुर्ण बहादुर श्रेष्ठ र निर्मल प्रधान समुहले गरे । बैंकको नेतृत्व कसले लिने भन्ने बिषयमा यो दुई समुहको बिवाद बढ्यो । यो बिवादलाई समाधान गरी बैंकलाई चुस्त दुरुस्त बनाउने नाउँमा एनसीसी बैकमा नेपाल राष्ट्र बैक अर्थात राष्ट्र बैकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला सहितको तीन सदस्यीय टोली छिर्यो । तर टोली आफ्नै व्यक्तिगत स्वार्थ सिद्ध गर्न लाग्दा एनसीसी अहिले यो अवस्था आयो । 

एनसीसीमा राष्ट्र बैक छिर्नुको एउटै उदे्श्य दुई समुहको बिवाद समाधान गरी, लामो समय देखि हुन नसकेको बैकको बार्षिक साधारण सभा गर्ने र नयाँ सञ्चालक समिती गठनन गरी जिम्वेवारी हस्तान्तरण गर्ने । तर यो उद्ेश्य पुरा गर्ने तर्फ भन्दा पनि कुुन संस्थालाई मर्ज गराउँदा आफुलाई के के फाईदा हुन्छ भन्ने तर्फ राष्ट्र बैंकका कार्यकारी निर्देशक लागे । आफ्नै कार्यकारी निर्देशक संयोजक रहेको संस्थाका के के भईरहेको छ भन्ने कुरामा राष्ट्र बैकले आँखा चिम्लियो । निरौलाले एनसीसी बैंक सुधारको लागि भन्दै कुमारी बैंक सहित पाँच वटा संस्थालाई मर्ज गराउने भन्दै सम्झौता पत्रमा हस्ताक्षर गराए । तर हस्ताक्षर पश्चात पनि कुमारी बाहिरियो । तत्कालीन एपेक्सलाई प्राप्ती गर्ने बिषयमा धेरै बिवाद भए ।

एनसीसी कै केही सञ्चालक तथा कर्मचारीहरु कुनै पनि हालतमा एपेक्सलाई एनसीसीमा गाभ्न  नहुने भन्दै भन्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अदालतमा समेत गए । तर सत्ता र शक्तिको अगाडि ति कर्मचारीहरुको के सिप लागेन । तत्कालीन एपेक्स बैंकका अध्यक्ष धिताल जसलाई अहिलेसम्म एक अर्ब ५० करोड घोटालाको मुख्य नाईके मानिदै आएको छ, उनी नेपाली काँग्रेसका नेता हुन । नेपाल राष्ट्र बैकका गर्भनर डा. चिरञ्जीवी नेपाल नेपाली काँग्रेस कै कोटाबाट गर्भनर बनेका हुन् । जुन समयमा एनसीसीमा एपेक्स बिलय हुने प्रकृया चल्यो त्यतिबेला अर्थमन्त्री पनि नेपाली काग्रेसका ज्ञानेन्द्रबहादुर कार्की नै रहेका थिए । सोही आधारमा गर्भनर डा.नेपालले राजनीतिक आस्था कै आधारमा एनसीसीलाई जसरी पनि एपेक्सलाई एनसीसीमा बिलय गराउन निर्देशन दिए । अहिलेको घटना सोही निर्देशनको उपज हो । 

राष्ट्र बैंक कै दवावकाकारण एनसीसीमा बिलय हुने अन्तिम सम्झौता गरी डिडिए रिर्पोट तयार गर्नु अघि नै तत्कालीन एपेक्सका अध्यक्ष धितालले कमशल धितो भिरालो पाखोबारी बाटो नपुगेको जग्गाहरुको अधिक मुल्यांकन गरी कर्जा लगानी गरे । कृतिम ऋणीहरु खडा गरिएको, निश्चित क्षेत्रको कमशल जमिनहरुमा विभिन्न ऋणीहरु खडा गरी कर्जा अधिकेन्द्रित गरेको, ऋणीको नक्कली आयस्रोत सम्बन्धी विवरणलाई स्वीकृत गर्ने गरे । मोटरबाटो नभएको भिरालो पाखोबारीहरु खेत वन क्षेत्र भएको जग्गाहरुमा बाटो भएको प्रमाणित गरेर धितो निरीक्षण कर्जा निर्णय जग्गा किनबेच रोक्का कर्जा तमसुक कर्जा प्रवाह एकै दिनमा गरे । कमशल जग्गाहरु धेरै टुक्रा पार्ने तथा धेरै ऋणीहरुको नाममा धेरै कर्जा दिने गरे, कर्जा तमसुकमा एकल ऋणीको मात्र सहीछाप गराई साक्षीहरु समेत नराखी कर्जा दिएको, सावाब्याज नियमितरुपमा भुक्तान नगरेका ऋणीहरुलाई पुन दोस्रो कर्जा प्रवाह गरे । 

एउटै व्यक्तिहरु संचालक हुने तथा पुराना खराब ऋणीहरूलाई संरक्षण गरेको, सर्वसाधारण निक्षेपकर्ताको निक्षेपको सुरक्षालाई भन्दा ऋणीको सुविधालाई ध्यान दिई कर्जा दुरुपयोग गरे । तर यो सबै कुरामा बिकास बैक सुपरीवेक्षण बिभागका प्रमुख समेत रहेका निरौला रमिते बने । 

नेपाल राष्ट्र बैंक जस्तो जिम्वेवार निकायका जिम्मेवार व्यक्ति गैर-जिम्मेवार बन्दा घटेको घटना हो, तत्कालीन एपेक्स बैकको एक अर्ब ५० करोडको घोटाला प्रकरण । यस प्रकरण हाल गभर्नर रहेका डा. नेपालको जानकारी बिनायति ठुलो घटना भएको भनेर पत्याउने ठाउ छैन । हाल सिआइबिले छानबिन गरिरहेको यस प्रकरणको सत्य तथ्य त बाहिर आउला नै तर नियमन निकाय राष्ट्रबैंक र यसका नेतृत्वकर्ताहरुको भुमिकामा कति प्रश्न उठ्छ ? सरकार, अर्थमन्त्रालय, अख्तियार जस्ता निकायले उनीहरुको भुमिकामा प्रश्न उठाउछन् या उठाउदैनन् अहिले प्रश्न उठेको छ ?
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै