• २०८१ बैशाख ८ शनिबार

एन्फा विवाद बुझ्न एएफसी प्रतिनिधि रविकुमार काठमाडौँमा 

kharibot

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन स्थगित भएपछिको अवस्थाबारे बुझ्न एसियाली फुटबल महासंघ (एएफसी)का प्रतिनिधि रविकुमार सोमबार नेपाल आएका छन् । 

रवि एएफसी नेसनल एसोसिएसनका निर्देशक पनि हुन्। रविले सोमबार नेपाल आउनासाथ एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठसँग पछिल्लो अवस्थाबारे बुझेका थिए । 

रविले मंगलबार एन्फा निर्वाचनमा उम्मेदवारी दिएका कर्माछिरिङ शेर्पा पक्ष र मणि कुँवर पक्षसँग पनि छलफल गर्नेछन् । त्यसपछि एन्फाको निर्वाचन समितिसँग भेटेर छलफल गर्ने कार्यक्रम छ । 

एन्फाको चैत १४ गते हुने भनिएको निर्वाचन रोक्न बिहीबार ललितपुर उच्च अदालतले आदेश दिएपछि एन्फाले आइतबार औपचारिक प्रेस विज्ञप्ति जारी गर्दै तत्कालका लागि निर्वाचन स्थगित गरेको थियो।

अदालतले जिल्ला निर्वाचन र प्रतिनिधिका विषयमा भक्तपुर र मकवानपुर फुटबल संघले दायर गरेको रिटमा एन्फाको निर्वाचन तत्काल रोक्न आदेश दिएको थियो । भक्तपुर र मकवानपुरले आफूहरूलाई निर्वाचनमा सहभागी गराइनुपर्ने माग गर्दै रिट दायर गरेका थिए । 

एन्फाले गतिरोध अन्त्यका लागि विश्व फुटबल महासंघ (फिफा) र एएफसीको निगरानी र सहयोग तथा अदालतको समेत सम्मान हुने गरी निर्वाचन गर्ने पनि जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै