• २०८१ बैशाख ८ शनिबार

अपराधीलाई संरक्षण दिने पार्टीले देशको हित गर्दैन : सांसद सुवाल

kharibot

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले भ्रष्टाचारी र अपराधीलाई राजनीतिक संरक्षण दिने पार्टीले देशको हित नगर्ने बताएका छन् । 

भक्तपुर नगरपालिकाको भार्वाचोस्थित गणेश माविका संस्थापक एवं किसान आन्दोलनका अगुवा ज्ञानबहादुर न्याइँच्याइँको सम्झनामा आयोजना गरेको सातौँ स्मृतिसभामा उनले सो कुरा बताएका हुन् । 

सांसद सुवालले निःस्वार्थरुपले देश र जनताको सेवामा समर्पित व्यक्तिलाई जनताले कहिल्यै नबिर्सने बताउँदै देश र जनताको अहितमा काम गर्ने जनताको मनबाट धुमिल हुँदै जानेछ भने । 

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य एवं नेमकिपा भक्तपुर नगरका पूर्वअध्यक्ष रवीन्द्र खर्बुजाले भक्तपुर नगरलाई सरसफाइको नमूना बनाउने बताए । 

भक्तपुर नगर पञ्चायतभित्रै बसेर देशमै पहिलोपटक कक्षा ७ सम्म निःशुल्क शिक्षा दिने निर्णय गरेका व्यक्तित्व न्याइँच्याइँको जिवनबाट नयाँ पुस्ताले धेरै कुरा सिक्नुपर्नेमा पनि उनले जोड दिए । 

विद्यालयका प्रअ गंगाप्रसाद याकामी, स्थानीय रमेश न्याइँच्याइँ, विव्यसका अध्यक्ष कृष्णबहादुर दुगुजु, वडाध्यक्ष श्यामकृष्ण खत्रीलगायतले किसान परिवारमा हुर्केर पनि शिक्षाको विकासका लागि भूमिका खेलेका न्याइँच्याइँको योगदानका बारेमा प्रकाश पारे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै