• २०८१ बैशाख ११ मंगलबार

एन्फाको निर्वाचित स्थगितप्रति राखेपको ध्यानआकर्षण, पत्र लेख्दै भन्यो - राखेपलाई किन जानकारी गराइएन ? 

kharibot

काठमाडौं  । बुधबार तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनाव स्थगित भएको सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद्ले ध्यानाकर्षण भएको जनाएको छ ।

राखेपले पत्रमा भनेको छ –‘केन्द्रीय कार्य समितिको निर्वाचन स्थगित भएको सम्बन्धी विभिन्न सञ्चारमाध्यम एवं पत्र पत्रिकामा प्रकाशित समाचार र एन्फाबाट राष्ट्रिय दैनिक पत्र पत्रिकामा जारी सूचना मार्फत परिषद्लाई जानकारी प्राप्त हुन आएको हुँदा सो विषय उपर परिषद्को ध्यानाकर्षण भएको छ ।‘

सोमबार पत्र लेख्दै परिषद्ले चुनावको सम्बन्धमा जवाफ मागेको छ । खेलकुद विकास विभागका प्रमुख कुलबहादुर थापाको हस्ताक्षर रहेको पत्रमा चुनाव स्थगनको बारेमा जानकारी गराउन भनेको छ ।

पत्रमा चुनावका बारेमा राखेपलाई किन जानकारी नगराइएको हो भनेर पनि सोधिएको छ । 

राखेपले यस विषयमा परिषद्मा अविलम्ब स्पष्ट जानकारी गराउन र सम्मानित अदालतबाट भएको आदेशको समेत सम्मान हुने गरी यथाशीघ्र विवाद समाधान गरी १६औं एन्फा कंग्रेस (साधारण सभा) बैठक तथा एन्फा कार्यकारिणी समितिको निर्वाचन सम्पन्न गर्न भनेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै