• २०८१ बैशाख ४ मंगलबार

काठमाडौँ महानगरपालिकाका कर्मचारीले मनाए तीज 

kharibot

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले महानगरपालिकामा कार्यरत महिला कर्मचारीहरुलार्य विशेष शुभकामना दिंदै तीज पर्व विवाहित महिलाहरुले आफना पति तथा परिवारको दीर्घायुको लागि मनाइने पर्व भएको बताएका छन् ।

कार्यक्रममा बोल्दै उपप्रमुख हरि प्रभा खडगीले महिला कर्मचारीहरुलाई तीजको शुभकामना दिंदै आफना आमा बुवा नभएकोले महानगरपािलकाका प्रत्येक महिला कर्मचारी आफना आमा  भएको बताउंदै अव हरेक वर्ष महानगरपालिकाले तीजको कार्यक्रमलाई  निरन्तरता  दिने बताइन् ।

कार्यक्रममा महानगर प्रमुख शाक्य र उपप्रमुख हरि प्रभाले महानगरमा कार्यरत महिला दिदी बैनीहरुलाई तीजको उपहार प्रदान गरेका थिए ।

महानगरपालिकाकी उपमेयर हरि प्रभा खडगी श्रेष्ठको सभापतित्वमा भएको सो विशेष तीज कार्यक्रममा महानगरपालिकाका कार्यकारी अधिकृत धनीराम शर्मालगायत महानगरपालिकामा कार्यरत महिला विभागीय प्रमुख ,महिला अधिकृत कर्मचारी तथा अन्य विभिन्न  विभागमा  कार्यरत महिला कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

परापुर्व कालदेखि हिन्दु नारीहरुले मनाउने तीज पर्व मुख्यत भाद्र शुक्ल द्धीतियादेखि पंचमीसम्म चार दिन मनाउने गरिन्छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै