• २०८१ बैशाख १२ बुधबार

हाउसफुलका साथ चल्दै ‘शत्रु गते’

kharibot

काठमाडौँ  । प्रदर्शनरत फिल्म ’शत्रु गते’ लाई दर्शकले रुचाएका छन् । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मको व्यापार शनिवार आक्रामक देखिएको छ । 

शुक्रबार फिल्म हेरेका दर्शक मार्फत फैलिएको ’वर्ड अफ माउथ’ का कारण शनिवार फिल्मलाई दर्शकको साथ् मिलेको छ । शनिवार राजधानीका अधिकाँस मल्टिप्लेक्स हाउसफुल रहयो भने मोफसलमा पनि अवस्था त्यस्तै रह्यो । राजधानीको क्युएफएक्स, बिग मुभिज,  बिएसआर मुभिज लगायतका हलमा कयौ दर्शकले टिकेट पाएनन् भने गोपीकृष्णमा ६ हल , अस्टनारायणको ३ वटा , गुण सिनेमाको ४ वटा हल हाउसफुल रह्यो । 

फिल्म हेर्ने दर्शकले फिल्मलाई रुचाएको निर्माण टीमले जनाएका छन् । फिल्म हेर्न स-परिवारनै आउनेको भिडभाड हलमा छ भने सबै समुहको दर्शकलाई यसले हलसम्म तान्न सफल भएको छ । फिल्मको कथा वस्तुसंगै यसको हासो र रोदनलाई दर्शकले रुचाएका छन् । फिल्म हेरिसकेका अधिकाँस दर्शकले हरिवंश आचार्यको भूमिकालाई रुचाएका छन् भने दीपक राज गिरी अघिल्ला फिल्म भन्दा भिन्न रहेको प्रतिक्रिया दिएका छन् । 

फिल्मलाई ’जात्रा’निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।

हरिवंश आचार्यले फिल्मलाई दर्शकले रुचाएकोले यो नै आफुहरुको पहिलो सफलता भएको बताएका छन् । शुक्रबारभन्दा शनिवार दर्शक बढेको बताउदै आचार्यले आफुले विभिन्न हलमा पुगेर दर्शकको प्रतिक्रिया लिदा अत्यन्त पोजेटिभ पाएको बताए । 

त्यस्तै कलाकार किरण केसीले दर्शकको प्रतिक्रिया लिन शुक्रबारदेखि नै हलमा पुगेको बताउदै शुक्रनार ८० देखि ८५ प्रतिशत अकुपेन्सी पाएका थियौ तर शनिवार भने शत प्रतिशत पाएको बताए । 

फिल्मका निर्देशक प्रदीप भट्टराईले फिल्मलाई दर्शकले रुचाइदिएकोमा आभार व्यक्त गरेका छन् । दर्शकले फिल्म रुचाइरहदा ’जात्रा’मार्फत फिल्मकर्मी माँझ जताएको विश्वास के होला भन्ने मनमा जिज्ञाषा थियो, तर फिल्मकर्मीले पनि रुचाएपछी आफु ढुक्क भएको निर्देशक भट्टराईले बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै