• २०८१ बैशाख १४ शुक्रबार

संसदीय टोलीद्वारा आयल निगमको भलबारीको जग्गा अनुगमन

kharibot

तस्बिर : खरीबोट

रुपन्देही । आयल निगमको जग्गा खरिद अनियमितताबारे अध्ययन गर्न आएको संसदीय टोलीले रुपन्देहीमा रहेको निगमको जग्गा अनुगमन गरेको छ । जग्गा खरिद प्रकरण अनियमितता भएको सार्वजनिक भएपछि सांसद्हरु अध्ययनको लागि रुपन्देही आएका हुन् ।

व्यवस्थापिका संसदअन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति मातहतको आपूर्ति उपसमितिले पेट्रोलियम पदार्थको भण्डारणका लागि नेपाल आयल निगमले खरिद गरेको रोहिणी खोलानजिकको जग्गाको स्थलगत अनुगमन गरेको हो । उपसंमिति संयोजक  सुवास चन्द्र ठकुरीको संयोजकत्वमा सांसद् बुद्धिराम भण्डारी र  जनक बुढाथोकीको टोलीले निगमले खरिद गरेको विवादास्पद जग्गाको अनुगमन गरेको हो ।

अनुगमन समितिका सचिव सुदर्शन खड्का रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली लगायतको टोली पनि अनुगमनमा सहभागी छ  । अनुगमनपछि आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै  सरोकारवालाहरुले जग्गा खरिदमा घोटाला भएको भन्दै छानबिन गर्न माग गरेका छन् ।

उनीहरुले जग्गा खरिद गर्नेलाई कडा कारबाही गर्न समेत माग गरे । जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक एकराज विश्वकर्माले जग्गा खरिदमा अनियमितता भएको दाबी गरे ।

उपसमितिका संयोजक ठकुरीले प्रमुख जिल्ला अधिकारी समन्वय समितिको संयोजक तथा सरोकारवालाहरुको सुझाव लिने तथा जनप्रतिनिधिहरुसँग छलफल गरिने बताए । अनुगमनपछि देखिएको अवस्थाको बारे प्रतिवेदन बनाएर समितिलाई बुझाउने संयोजकले बताए ।

निगमले करोडौँ रुपैयामा खरिद गरेको जग्गा बगर भएको स्थानीयको भनाइ छ । रुपन्देहीको साबिक धकधई पटखौली र बसन्तपुरमा १४ बिघा ७ कठ्ठा असार २८ गते  खरिद गरेको थियो ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै