• २०८१ बैशाख १२ बुधबार

बाँस र निगालोसँग रमाएका दिवस

kharibot

काठमाडौं । झापाको चन्द्रगढीमा जन्मिएका दिवस श्रेष्ठ एक सफल हस्तकला व्यवसायी हुन् ।  धेरै साथीसंगीहरु वैदेशिक रोजगारीमा गए । अझ भनौँ वैदेशिक रोजगारीमा जानेहरुको लर्को नै लागेको समयमा पनि दिवसलाई पैसा नै कमाउनको लागि विदेश जानुपर्छ भन्ने लागेन । आमा र मामाले सञ्चालन गर्दै आएको बाँस तथा निगालोको पसलमा कहिलेकाहीँ बस्ने दिवसलाई सानो छँदा आफू भोलिका दिनमा के गर्ने भन्ने थिएन । तर जब उनले एसएलसी पास गरे त्यसपछि केही काम गर्ने विचार आयो तर के गर्ने भन्ने थिएन । 

कक्षा क्याम्पस पास गरेसँगै आफू विदेश नगई आफ्नै देशमा नै केही गर्ने सोचसहित आफुले केहि जानेको र बुझेको काम बास तथा निगालो नै उनले रोजे । उनले विगत लामो समयदेखि हस्तकला व्यवसायमा रमाएका उनले फिलिपिन्सबाट हस्तकलाको तालिम लिएको बताए । त्यस्तै उनले निर्माण गरेका सामग्रीहरु काठमाडौँको लागि नै पर्याप्त नभएको उनले बताए । उनले तिब्बत, फ्रान्स र बेलायतसम्मका मानिसले उपाहारस्वरुप लगेको बताए । उनले बाँस तथा निगालोबाट बनेका फर्निचरका धेरै सामग्रीहरु उनले निर्माण गर्दै आएका छन् ।  तर काम गर्न चाहनेलाई सम्मानको वातावरण नभएको उनको भनाइ छ । त्यस्तै, छिटै पैसा कमाउने चाहनाले नेपालीहरु पछाडि परेको उनले बताए । 

उनको जीवमा दुःख नभएको हैन, ग्यास नभएर भोकै बसेको अनुभव समेत छ । तर उनले आफ्नो व्यवसायप्रति कहिल्यै हार मानेनन् । आफूले काठमाडौँलाई टार्गेट गर्दै उनी आजभन्दा १० वर्षअघि काठमाडौँ आए । काठमाडौँ बसाइका सुरुका दिनहरुमा उनले धेरै संघर्ष गरे । मासिक २५ सय रुपैयाँमा भुजिया बेच्ने मार्केटिङको काम सुरु गरे । तर त्यसबाट उनलाई चित्त बुझेन । आफूले नै पेसा, व्यवसाय गर्न पाए सहज हुने अनुमान गर्दै उनले कलंकीबाट हस्तकलाको सुरुवात गरे । मनमा बेत तथा बाँसको व्यवसाय गर्छु भन्ने लागेको थियो रे उनलाई । आफूले व्यवसाय सुरु गरे । अरुलाई समेत रोजगार दिन सकिन्छ भन्ने लागेको थियो उनलाई । त्यसैले त आफ्नो रहर, इच्छा पूरा गर्न उनले विगत १० वर्षदेखि बेत तथा बाँसबाट बनेका विभिन्न प्रयोगशील सामग्रीहरु निर्माण गर्दै आएका छन् । 

संघर्षबाट नै सफलता मिल्छ 

२०५५ सालमा एसएलसी पास गरेका दिवसले आाफ्नो बाल्यकालमा धेरै संघर्ष गरेका छन् ।  बाबु विद्युत् प्राधिकरणको सरकारी जागिरे भए पनि आफूले चाहेअनुसार बोर्डिङ स्कुलमा पढ्न पाएनन् । यसबारे उनी भन्छन्, ‘सँगैका धेरै साथीहरु बोर्डिङ स्कुल पढ्दा मलाई पनि रहर लागेको थियो तर पढ्न सकिएन । अहिले लाग्छ पैसाकै अभाव भएर रै’छ ।” 

आफुले चाहेअनुसार पढ्न नपाएरै उनले १२ पछि आफ्नो पढाइ अघि बढाउन सकेनन् । २५ हजार लगानीबाट सुरु गरेको हस्तकला निर्माण तथा व्यवसाय अहिले काठमाडौँमा दुई ठाउँ र बिराटनगरमा एक ठाउँ गरी तीन ठाउँमा सञ्चालन गरेका दिवसले एक ठाउँबाट नै मासिक ६० हजार रुपैयाँसम्म आम्दानी गरेका छन् । आफूले काठमाडौंको मागलाई पूरा गर्न नसकेको बताउँदै राम्रोसँग काम गर्ने हो भने बेत तथा बाँसको वर्तमान र भविष्य समेत राम्रो हुने उनको भनाइ छ । 

वैदेशिक रोजगारीमा जानेलाई सुझाव

दिवस अहिले ३४ वर्षका भए । उनले बेत तथा बाँसका राम्रा राम्रा सामग्री निर्माण गर्दै आएका छन् । आफूले देशको लागि केही गर्नुपर्छ र गर्छु भन्ने अठोटका साथ अघि बढिरहेका छन् । विदेशमा गएर जस्तोसुकै काम गर्ने हामी नेपालीहरु आफ्नो देशमा सानो र ठूलो भन्दै काम गर्न हिच्किचाउने भन्दै उनले आफ्नो देशमा काम गर्न चाहनेलाई काम जति पनि भएको बताउँछन् । उनी भन्छन्, ‘काम जति छ तर कामको सम्मान गर्ने बानी छैन हामीसँग ।’ अझ पढे÷लेखेकाले सानोतिनो काम नै गर्दैनन् अनि कहाँबाट देश विकास हुन्छ दिवस भन्छन् । 

विगत दश वर्षदेखि बेत तथा बाँसको व्यवसायमा रमाएका दिवस काम सिक्न र गर्न चाहनेका लागि कुनै कमी नभएको बताउँछन् । बच्चा सुताउने कोक्रो समेत बाहिरबाट ल्याउनुपर्ने बाध्यता भएको उनको भनाइ छ । उनले कोक्रो, ह्याङ्गर, कुर्सि, टेबललगायतका अत्यावश्यकीय चीज आफ्नै पौरखले बनाउँछन् ।  

जीवनको लक्ष्य 

लामो समयदेखि बेत तथा बाँसको व्यवसाय गर्र्र्दै आएका दिवस आफू आफ्नो भविष्य नै बेत र बाँस ठान्छन् । आफूले पहिलाबाट नै जानेको र सिकेको ज्ञान बेत र बाँस नै भएको उनी बताउँछन् । बेत तथा बाँसको सीप सिक्न चाहनेको लागि आफूले निःशुल्क सीप सिकाइदिने र उत्पादित सामग्री समेत आफूले नै लिने उनी बताउँछन् । त्यस्तै, रोजगारी सिर्जना गर्ने र एकल महिला, अशक्त व्यक्तिलाई विशेष प्राथमिकता दिने उनले बताए । बाँस तथा बेतको प्रवद्र्धन गर्नको लागि आगामी वैशाख १ गतेबाट सञ्चानल हुने गरी ललितपुरस्थित बखुण्डोलमा उनले एमएनएस नामले बेम्बो कटेज रेष्टुरेन्ट समेत खोल्ने तयारीमा उनी जुटेका छन् । जहाँ शतप्रतिशत सिजनअनुसारका नेपाली खानाको परिकार हुने उनले बताए । आफ्नो खाना विश्वसामु चिनाउने लक्ष्य रहेको उनले बताए । 

आफ्नो विदेशबाट फर्केर आउनुभएको दाइ र भाइलाइ समेत रोजगारी दिनुका साथै अन्य आठ जनालाई रोजगारी दिएको बताउने दिवस छिट्टै नै २० जनालाई रोजगारी दिने गरी काम थाल्ने बताउँछन् । त्यस्तै बेत, बाँसको शोरुम नै खोल्न लागेको समेत उनले बताए । 

आफू र आफ्नो परिवारको साथ र सहयोग दिए अवश्य सबैले हरेक काम गर्न सक्ने दिवस बताउँछन् । त्यस्तै युवाहरुलाई व्यवसाय गर्नको लागि ऋण लिन सहज नभएको र युवाहरु निरुत्साहित भएको र विदेश जान बाध्य भएको उनको भनाइ छ । सरकारले युवालाई व्यवसाय गर्न कुनै चासो नदिएकोमा उनको चित्त दुःखाइ छ । २५ हजारबाट लगानीमा सुरु गरेको उनको लागत हाल ४० लाख रुपैयाँ पुगिसकेको छ । यसको लागि घरेलु तथा सीटीईभीटीबाट तालिम दिने गरेको भए पनि नियमन र निगरानी नभएकाले नयाँ पेसा व्यवसायीहरु नआएको भन्ने लाग्छ उनलाई । सरकारले व्यवसाय गर्ने युवालाई प्रवद्र्धन नगरेको उनको भनाइ छ । लोन लिन जाँदा एक लाख रुपैयाँ निकाल्दा विश्वास नगरेर हातमा ६० हजार पाएको अनुभव समेत उनले सुनाए । त्यस्तै आफ्नो व्यवसाय प्रवद्र्धनको लागि चाइनिज भाषा सिक्ने बताए 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै