• २०८१ बैशाख ५ बुधबार

तेक्वान्दोमा समर्पित रोमी गिरी 

kharibot

काठमाडौँ । बुवा रामशरण गिरी ममीको लक्ष्मी गिरीको पहिलो सन्तानको रुपमा जोरपाटीमा जन्मिएकी अन्तराष्ट्रिय स्तरकी तेक्वान्दो खेलाडी रोमी गिरी नेपाली खेलकुदमा चर्चित नाम हो । उनले स्कुल लेभल लर्ड बुद्ध बोर्डिङ स्कुल बौद्धमा सम्पन्न गरेकी थिइन भने एमबिए केएफएबाट पढ्दै गरेकी गिरी हाल बाणिज्य मन्त्रालयको प्रशासन शाखामा कार्यरत छिन् । 

उनको चिनारी भने खेलकुदमा पनि तेक्वान्दोको विभिन्न क्रियाकलापमा संलग्नता रहेको छ । अहिले उनी गैरिगाँउ तेक्वान्दो डोजाङमा र विभिन्न स्कुलहरुमा तालिम गराउछिन् । त्यसो त उनको परिवारमा काकाहरु र बहिनी खेल क्षेत्रमा नै सक्रिय देखिन्छन् । उनी आफ्नो पहिलो गुरु आफ्नै कान्छो काका सोवित गिरीलाई मान्छिन् । काकाको कडा निगरानीका कारण नै अनिवार्य जस्तो भएर यस क्षेत्रमा लागे ।  

गौरीगाँउ तेक्वान्दो डोजाङबाट नै आफनो करियर शुरु गरेकी रोमी ट्रेनिंग गराउने मात्र नभएर  तेक्वान्दोको राष्ट्रिय निर्णायक तथा प्रशिक्षक हुन् । जापानको चौधौं युवा नेतृत्व क्याम्पमा नेपालबाट छानिएकी एक्ली रोमी सन् २०१५ को राष्ट्रिय तेक्वान्दो प्रतियोगिताकी कोषाध्यक्ष पनि हुन् ।

आफु यहाँसम्म आइपुग्नुमा बाबाआमा तथा काकाहरु सोवित गिरी, रामजी गिरी र गणेश गिरीको विशेष भुमिका रहेको सम्झिदै भन्छिन “उहाँहरुकै साथ सहयोग हौसला र प्रेरणाले गर्दा आज म यहाँ आइपुगेकी छु ।” 

२०५८ सालबाट तेक्वान्दो शुरु गरे पनि केही कुरा नबुझेको केवल काकाको डरले मात्र जाने गरेको बताउदै जव २०१५ मा जापान जाने मौका पाए तव मैले खेलको बारेमा बुझे, त्यो नै जीवनको टर्निङ पोइन्ट बन्यो ।” आफ्नो कमजोरीलाई भन्दा क्षमतालाई प्राथामिकता दिनुपर्छ त्यसपछि खेलकुदमा भन्दा पनि खेलकुदलाई नै  नेतृत्व गर्ने क्षेत्रमा उनी अगाडि बढिन् ।

२०५८ सालबाट तेक्वान्दो शुरु गरे पनि केही कुरा नबुझेको केवल काकाको डरले मात्र जाने गरेको बताउदै जव २०१५ मा जापान जाने मौका पाए तव मैले खेलको बारेमा बुझे, त्यो नै जीवनको टर्निङ पोइन्ट बन्यो ।” आफ्नो कमजोरीलाई भन्दा क्षमतालाई प्राथामिकता दिनुपर्छ त्यसपछि खेलकुदमा भन्दा पनि खेलकुदलाई नै  नेतृत्व गर्ने क्षेत्रमा उनी अगाडि बढिन् ।

खेलकुदमा आफ्नो क्षमता नेतृत्व तहमा रहेछ भन्ने बुझेर उनी नेतृत्व क्षेत्रमा लागिन् । खेलकुद, खेलाडी के हो भन्ने बारेमा अनविज्ञ रहेको, खेलकुद महत्व पनि थाहा नभएको, खेल्दै सिक्दै गएपछि नौं दश कक्षामा पुगेपछि बिस्तारै बुझ्न थालेको उनले बताईन । खेलको अस्तित्व र खेल किन चाहिन्छ भनेर नेपाल तेक्वान्दो एशोसियसनको टिचरहरुको सहयोगमा जव उनी सन् २०१६ मा लिडरसिपको तालिमको लागि स्विटजरल्याण्ड पुगिन अनि मात्र आफ्नो भविष्यमा कसरी अगाडि बढ्ने, के गर्ने भन्ने विषयमा प्रष्ट भएको बताउछिन् । स्विटजरल्याण्ड पुगेपछि आफैलाई चिन्ने अवसर पाएको उनले बताइन । त्यहाँ पुगेर उनले खेलाडिलाई नेतृत्व क्षमता किन चाहिन्छ भन्ने कुराको महशुस गरिन ।  

दक्षिण एशियाली राष्ट्रहरुको सहभागिता रहेको सेमिनारबाट ओलम्पीक कमेटी लेभल र ओलम्पिक एथलेक्सहरुले मेडलिस्टहरु, सदस्यहरुको सामिप्यताबाट आफु झन् प्रेरित भएको बताउछिन् ।  

गेम खेलेर अवको १० वर्षमा के गर्ने त, ५ वर्ष पछाडि कुन अवस्थामा आफुलाई पाउने त भन्ने कुरा पहिले नै सोचेर लाग्नु पर्ने उनको बुझाई छ । सामाजिक रुपमा मात्र स्थापित भएर हुदैन, आर्थिक रुपमा स्थापित हुन के गर्नुपर्छ भन्ने कुरा बुझेकी छिन् । महिला भएकै आधारमा शारारिक तथा मानसिक समस्याहरु जुध्नु पर्ने भन्दै हरेक मनोवैज्ञानिक परामर्शको पनि आवश्यकता पर्ने उनको तर्क छ ।  

नेपालको वातावरण बुझ्दा खेलाडीको अवस्था राम्रो नदेखेपछि एउटा सक्षम खेलाडी निकाल्नको लागि राम्रो प्रशासकको आवश्यकता पर्ने महशुस गरेको र आफनो मेहनतले एउटा मात्र खेलाडी निर्माण हुन सक्छ भने कुशल प्रशासक हुन सकेको खण्डमा उसले सयौं जना राम्रा खेलाडी निर्माण गर्न सक्ने ज्ञान लिडर सिप तालिमबाट लिएको र नेपालमा त्यसको अभाव देखेपछि नेपालमा त्यस क्षेत्रमा कामगर्ने असल प्रशासक बन्ने अठोट बनाइन् । 

उनी थप्छिन —“अग्रजहरुले पनि राम्रो गर्नु भएको छ, उहाँहरुले पनि आफ्नो बल, बुद्धि र क्षमता लगाएर काम गर्नु भएको छ । उहाँहरुकै सहयोगी हातका कारण म आज यहाँसम्म आइपुगे । समयको माग अनुसार अझै अगाडि बढ्नु पर्ने देखेको र त्यो अठोट गर्दै यो क्षेत्रमा लागेकी हुँ । ” 

“अग्रजहरुले पनि राम्रो गर्नु भएको छ, उहाँहरुले पनि आफ्नो बल, बुद्धि र क्षमता लगाएर काम गर्नु भएको छ । उहाँहरुकै सहयोगी हातका कारण म आज यहाँसम्म आइपुगे । समयको माग अनुसार अझै अगाडि बढ्नु पर्ने देखेको र त्यो अठोट गर्दै यो क्षेत्रमा लागेकी हुँ । ” 

तेक्वान्दोको सिनियर संस्थापक गुरुहरुप्रति कृर्तज्ञ हुदै नयाँ अठोट, नयाँ प्रक्रिया र नयाँ ढंगले खेल क्षेत्रलाई अगाडि बढाउनु पर्ने विचार राख्ने उनी खेलकुदबाट शान्ति र विकास संभव छ विश्वमा भन्ने नारालाई अगाडि बढाउदै खेलाडीको रुपमा काम गर्दै खेलाडीहरुलाई सेमिनार गराउने, विभिन्न क्रियाकलाप गर्दै आएको खेलकुद र खेलाडीहरुकै माध्यमबाट सामाजिक ज्ञान दिने कार्य गर्दै आएकी छन् ।  

छोरीलाई तेक्वान्दो खेलाएर गुण्डागिरीमा भर्ति गर्ने, कुट्ने मान्छेलाई भन्ने मानसिकता  भएको सामाजमा खेलले शारारिक मानसिक बिकाससँगै आफुलाई अनुशासित,आत्मनिर्भर आत्मविश्वास जगाउने कार्य गर्ने बताउदै रोमीले शारिरिक मानसिक रुपमा सक्षम हुन लागि पनि सामाजमा खेलकुदलाई सकारात्मक रुपमा लिएर आफ्ना बच्चाहरुलाई सहभागि गराउन उनले सबैलाई अनुरोध गरिन् । 

नेपालमा तेक्वान्दो खेलको अवस्था 

महिलाको उपस्थिति बढ्दै आएको राष्टिय तहमा पनि राम्रै प्रतिष्पर्धा चलेको छ । त्यसैले पहिलाको जस्तो लैगिक समानता सकारात्मक सुधार आएको छ, तर पनि अहिले ६० र ४० को अवस्थामा आइपुगेको ५० र ५० हुन हामीले नै जोड दिनुपर्ने हुन्छ । कोचको नलेज दिनु पर्दछ त्यसैले आशा गरौं भोलीका दिनमा अझै राम्रो भएर अगाडि बढ्छ ।  
पहिला खेल्नु नै हुदैन भन्ने गलत मान्यता थियो । तर अहिले भने हिजो किन खेल्ने भनेर प्रश्न गर्नेहरु नै आफ्नो बच्चाहरुलाई सिकाउन आग्रह गर्नुहुन्छ । सकारात्मक परिवर्तन यहि नै हो । 

अहिले यसले फाइनान्सीयल सर्पोट पनि गर्दै आएको छ । अहिले खेलाडीलाई आफ्नो घर चलाउन सक्ने वातावरण निमार्ण हुदै छ । सबै कुरा पहिलाको तुलनामा राम्रो हुदै गइरहेको छ । अहिले नेपाल तेक्वान्दोमा आफ्नै हल छ । ५ हजारभन्दा बढि तेक्वान्दोका सिकारु खेलाडी रहेका छन् । टेनिङ गर्ने क्लव डोजो नेपालमा सय भन्दा रहेका छन् ।  
लीडरसीप हेर्ने गिरी गैरिगाउँ तेक्वान्दो डोजाङमा प्रशिक्षण गराउदछिन् । उनको सिकाइको सुरुवात पनि त्यहिबाट नै भएको थियो । त्यहाँ लगभग ४० जना विद्यार्थी रहेका छन् । 
तेक्वान्दोले आत्मविश्वास बढाउन मद्धत गर्दछ । केटा र केटीमा समानता छ टिमवर्क सिकाउछ, समयको महत्वलाई बुझाउछ, अनुशासनको विकास गराउन मद्धत गर्दछ, उनि भन्छिन् । 

गैरिगाउँ तेक्वान्दो डोजाङमा प्रशिक्षण गराउदछिन् । उनको सिकाइको सुरुवात पनि त्यहिबाट नै भएको थियो । त्यहाँ लगभग ४० जना विद्यार्थी रहेका छन् । तेक्वान्दोले आत्मविश्वास बढाउन मद्धत गर्दछ । केटा र केटीमा समानता छ टिमवर्क सिकाउछ, समयको महत्वलाई बुझाउछ, अनुशासनको विकास गराउन मद्धत गर्दछ, उनि भन्छिन् । 

अन्तर्राष्ट्रिय स्तरको महिला खेलाडी सेमिनारको आधारमा उनलाई रीप्रेजेन्टटेसनको युएनमा पहिलो सेरोमोनियल महिला एम्बेसडर भएको विश्व तेक्वान्दोमा नेपालबाट पहिलो महिला खेलाडीको रुपमा परिचित छिन ।  

कसरी खेलाडी बढि उत्पादन गर्न सकिन्छ, कस्ता पुर्वाधार निर्माण गर्न सकिन्छ भनेर लागेकी गिरी खेलाडीको लागि माग अनुसारको पुर्ति गर्न सक्ने खालको वातावरण तयार गर्न
खेल क्षेत्रको बारेमा कसरी शिक्षा प्रदान गर्न सकिन्छ, कसरी चेतनास्तर बढाउन सकिन्छ खेलाडीलाई हेर्ने दृष्टिकोणमा कसरी सकारात्मक परिवर्तन गर्न सकिन्छ भन्ने कुरालाई जोड दिने  गर्दछिन् । 

खेलाडीको मनोविज्ञान बुझेर मानसिक शारिरिक रुपमा बलियो बनाउने कुरालाई महत्व दिदै  सामाजिक मानसिक रुपमा उसलाई कसरी तयार पार्ने भन्ने कुराको अध्ययन गर्नुपर्ने उनि बताउछिन् । 

महिला खेलाडीहरुको बिहे गर्ने, बच्चा जन्माउनु पर्ने हुदा गाह्रो हुने सबै कुरा सकिएको जस्तो हुने गरेको, त्यसो हुन नदिने महिलाहरुलाई मनोवैज्ञानिक रुपमा बलियो बनाउने खालको तालिमहरु गराउनु पर्नेमा उनि जड दिन्छिन् । एउटै लेभलको खेलाडीसँग पनि उस्तै क्यापासिटी, मनोविज्ञान हुदैन त्यसैले ट्रेनीङ बाट नै उसको मनोबल बढाउन जरुरी छ, रोमी भन्छिन् । 

नेपाल र विश्वकै तेक्वान्दोलाई प्रतिनिधित्व गर्दै ६०१ जना खेलाडी मध्येबाट सयुक्त राष्ट्र संघको युवाहरुमा नेतृत्व वर्गबाट छानिएर भाषण गर्न पुगेको क्षण अविश्मरणीय रहेको उनी भन्छिन्  “वान कि मुनको स्पेशल निमन्त्रणामा विश्वकै स्पेशल भिआइपीहरु भएको ठाँउमा एउटा नेपाली खेलाडीको रुपमा चिनिन पाँउदा धेरै खुसी भएँ ।” 
खेलकुदलाई व्यवसायिक रुपमा अगाडि बढाउदा राम्रो हुने उनको बुझाई छ । यसलाई व्यबसायिक रुपमा लियो भने क्षेत्र विस्तार गर्न सजिलो हुने संभावना नेपालमा पनि तेक्वान्दोको राम्रै भविष्य देखिएको उनको बुझाइ छ । 

६०१ जना खेलाडी मध्येबाट सयुक्त राष्ट्र संघको युवाहरुमा नेतृत्व वर्गबाट छानिएर भाषण गर्न पुगेको क्षण अविश्मरणीय रहेको उनी भन्छिन्  “वान कि मुनको स्पेशल निमन्त्रणामा विश्वकै स्पेशल भिआइपीहरु भएको ठाँउमा एउटा नेपाली खेलाडीको रुपमा चिनिन पाँउदा धेरै खुसी भएँ ।” 

ओलम्पीकमा किन जित्न सकेन नेपालले भन्दा उनी भन्छिन  “सामाजिक, आर्थिक, शारारिक तथा भौतिक रुपमा बलियो भइ नसकेको शुरुवाती अवस्थामै उड्ने कुरा त भएन नि ।”उनी थप्छिन“वास्तवमा अहिले हामी सिकारु अवस्थामा नै छौ अन्तराष्ट्रिय स्तरमा अगाडि पुग्न मेहनत गर्यौ भने असम्भव छैन । नियमितता र लगनशीलताले नै कार्य मान्छेलाई पोख्त बनाउछ ” शारिरिक तथा मानसिक रुपमा फुर्तिलो भएर कार्यमा लाग्नु पर्ने उनको बुझाई छ । 

इच्छाशक्ति गुरुजनको साथ सहयोग र विश्वासले नै आफुलाई पे्ररित गरिरहेको बताउने रोमी भन्छिन “सफलताले मानिसलाई जिम्मेवारी थपिदिन्छ ।” खेलकुदमा राम्रो भविष्य देख्ने उनी अग्रजलाई साथ दिदै देशको मुल आधार भएकाले युवाहरु सकारात्मक धारणा सहित अगाडि बढ्नु पर्ने उनको ठम्याई छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै