• २०८१ बैशाख १२ बुधबार

मुग्लिन- नारायणघाट सडकमा डढेलोको कारण ढुंगा खसेपछि माइक्रो चालकको मृत्यु

kharibot

रत्ननगर, चितवन ।  नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित दुई नम्बर पुल नजिकै ढुंगा खस्दा  शुक्रबार एक माइक्रोबसका चालकको मृत्यु भएको छ । 

अपराह्न ४ः४० बजेको समयमा माथिबाट सुख्खा पहिरोसँगै खसेको ढुंगाले लागेर काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको बा २ ख ५४४९ नं को माइक्रोबसका चालकको मृत्यु भएको चितवनका प्रहरी नायब उपरीक्षक प्रभूप्रसाद ढकालले जानकारी दिए । 

मृत्यु हुनेमा मकवानपुरको दामन घर भएका माइक्रोबसका चालक दीपक रुम्बा रहेको जनाइएको छ । ढुंगा लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि भरतपुर अस्पतालमा ल्याउँदै गर्दा बाटैमा ज्यान गएको ढकालले बताए । 

सुख्खा पहिरोसँगै खसेको ढुंगा लागेर माइक्रोबसको अगाडिको भागमा क्षति पुगेको प्रहरीले जनाएको छ । अन्य यात्रु भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ ।

सडक माथि डढेलो लागेपछि ढुंगा खसेको मुग्लिन नारायणघाट सडक आयोजनाले जनाएको छ  । आयोजनाले सडक माथिको जंगलमा डढेलो लागेर ढुंगा खस्ने अझै सम्भावना भएकोले सावधानीपुर्वक यात्रा गर्न अनुरोध गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै