• २०८१ बैशाख १४ शुक्रबार

मेसीबिना इटालीमाथि अर्जेन्टिनाको सहज जित 

kharibot

काठमाडौँ । अर्जेन्टिनाले मैत्रीपूर्ण फुटबलमा इटालीलाई २-० गोल अन्तरले पराजित गरेको छ । 

आगामी विश्वकपमा छनौट हुन असफल भएको इटालीलाई अर्जेन्टिनाले आफ्ना स्टार खेलाडी लियोनेल मेसी बिना नै पराजित गरेको हो । यस खेलमा मेसीलाई मांसपेसीमा खिचाव आएका कारण नखेलाईएको रिपोर्ट आएको छ भने सर्जियो अग्युरो पनि इन्जुरीका कारण यो खेल खेलेका थिएनन् ।  

गएराती भएको खेलमा अर्जेन्टिनाका लागि सेभिल्लाबाट खेल्ने इभर बनेगा र वेस्टह्यामबात खेल्ने मानुएल लानजिनीले गरेका थिए । 

पहिल हाफ बिना कुनै गोल सकिएको खेलमा खेलको ७५औ मिनेटमा बनेगा ले अर्जेन्टिनाका लागि पहिलो गोल गरेका थिए भने दोस्रो गोल खेलको ८५औ मीने मा लानजिनिले गरेका थिए ।

योसँगै इटालीले लगातर तेस्रो खेलमा गोल गर्न असफल भएको छ । सन् २०१२ यता पहिलो पटक तिन खेलमा इटालीले गोल गर्न सकेको छैन ।

अर्जेन्टिनाले अर्को मैत्रीपूर्ण खेल आगामी मार्च २८ मा स्पेनसँग खेल्ने छ भने इटाली इङल्याण्डसँग मार्च २८ मै खेल्ने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै