• २०८१ बैशाख ६ बिहीबार

भाग्यमानी अफगानिस्तान विश्वकपका लागि छानियो

kharibot

काठमाडौँ । २०१९ को ३० मे देखि १४ जुलाईसम्म इङल्याण्ड र वेल्समा हुने क्रिकेट विश्वकपको छनौट चरण सकिएको छ । शुक्रबार सम्पन्न सुपर सिक्सको अन्तिम खेलमा अफगानिस्तानले आयरल्याण्डलाई ५ विकेटले पराजित गर्दै विश्वकपमा छनौट हुने १०औ टिम बनेको छ । 

नेपालले समुह चरणमा हङकङलाई पराजित गरेपछि सुपरसिक्समा पुगेको अफगानिस्तान युएईले जिम्बाबेलाई सुपरसिक्सको खेलमा पराजित गरेपछि विश्वकपमा छनौट हुने अवसर पाएकोले यस प्रतियोगिताकै भाग्यमानी टिमको रुपमा अफगानिस्तानलाई लिइएको छ  ।   

आयरल्याण्डले दिएको २१० रनको लक्ष्य पछाएको अफगानिस्तानले ४९.१ ओभरमा ५ विकेट गुमादै लक्ष्य पुरा गरेको थियो । 

अफगानिस्तानलाई जिताउन ओपनिंग जोडीले ८६ रनक ओसझेदारी गर्दै उत्कृष्ट सुरुवात गराएका थिए । ओपनर मोहमद शाहजाद ५४ रन बनाएर आउट भए भने अर्का ओपनर गुलबादिन नाबीले ४५ रन बनाए । त्यस्तै अफगानिस्तानका कप्तान अज्गर स्टानिक्जेले ३९ रन नट आउट बनाएका थिए । आयरल्याण्डका बलर सिमी सिंहले ३ विकेट लिएका थिए ।

यसअघि आयरल्याण्डले अफगानिस्तानलाई २१० रनको लक्ष्य दिएको थियो । टस जितेर पहिला ब्याटिंग गरेको आयरल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउदै २०९ रन बनाएको थियो ।

आयरल्याण्डका लागि पाउल स्टिरलिंगले सर्वाधिक ५५ रन बनाए भने केभिन ओ ब्रेनले ४१ र नेल ओ ब्रेनले ३६ रन बनाएका थिए ।

आयरल्याण्डलाई सस्तैमा समेट्न अफगानिस्तानका बलरले अनुशासित बलिङ गरेका थिए । अफगानिस्तानका लागि रशिद खानले ३ विकेट लिए भने दवलट जर्दानले २ र मोहमद नाबीले एक विकेट लिए ।

यसका साथै रशिद खानले एकदिवसीय खेलमा ९९ विकेट लिएका छन् । उनले ४३ खेल खेल्दै ९९ विकेट लिएका छन । यस अघि ९६ विकेट लिएका रशिदले आज ३ विकेट लिदै आफ्नो विकेट संख्या ९९ बनाएका छन् । 

विश्व क्रिकेटमा सबैभन्दा कम खेल खेलेर सय विकेट लिने रेकर्ड बनाउन उनि अब एक विकेट टाढा रहेका छन् ।

यस अघि यो रेकर्ड अस्ट्रेलियाका बलर मिच स्ट्राकको नाममा रहेको छ । उनले ५२ खेलमा सय विकेट लिने रेकर्ड बनाएका छन् ।

को को खेल्दै छन् विश्वकप ?

२०१९ को ३० मे देखि १४ जुलाईसम्म इङल्याण्ड र वेल्समा हुने क्रिकेट विश्वकपमा सहभागी हुने १० टिमको टुंगो लागेको छ । यसअघि २०११ र २०१५ को विश्वकपमा १४ देश सहभागी गराइएको भएपनि २०१९ को विश्वकपका लागि केबल १० देशलाई मात्र सहभागी गराइदै छ । आसीसीले २०१७ सेम्टेम्बर ३० सम्म एकदिवसीय मान्यताको वरियतालाइ आधार मानेर शिर्ष ८ देशलाई सिधै विश्वकपका लागि छानेको हो । जसमा भारत, अस्ट्रेलिया, पाकिस्तान, दक्षिण अफ्रीका, श्रीलंका, बंगलादेश न्युजील्याण्ड, इङल्याण्ड रहेका छन् ।
भने बाँकी दुई टिमका लागि १० टिमबीच प्रतिष्पर्धा गराएको थियो । जसमा वेस्टइण्डिज र अफगानिस्तान छनौट भएका छन्  ।  

आसीसी वारियातामा अन्तिम ४ मा रहेका टिम वेस्टइन्डिज, अफगानिस्तान, जिम्बाबे र आयरल्याण्ड, त्यस्तै आसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका शिर्ष ४ टिम नेदरल्याण्ड, स्कटल्याण्ड, हङकङ र पपुवा न्युगिनी र डिभिजन २ का दुई फाइनालिष्ट नेपाल र युएई बीच भएको प्रतिष्पर्धाबाट वेस्टइण्डिज र अफगानिस्तान छानिएका हुन्  ।

अब विश्वकप छनौट च्याम्पियनसिपको फाइनलमा वेस्टइण्डिज र अफगानिस्तान आगामी आइतबार खेल्ने छन्  ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै