• २०८१ बैशाख ८ शनिबार

तराई मधेसमा चैती छठ पर्व धुमधामका साथ मनाइँदै

kharibot

बारा । तराई मधेसबासीको श्रद्धा , भक्ति तथा साझा संस्कृतीको रुपमा रहेको चैती छठ पर्व शुक्रवार अस्ताउँदै गरेको सुर्यलाई अर्घ दिएर मनाइँदै छ ।

चार दिन सम्म मनाइँने चैती छठ पर्व भोली शनिवार उदाउँदै गरेको सुर्यलाई अध्र्य दिए पश्चात सम्पन्न हुँने छ ।

छठ पर्वको पहिलो दिन बुधवार नुहाई धुवाई गरी चोखो भएर मिठा परिकारहरु खाने तथा दोस्रो दिन विहिवार राती रसिआव रोटी खाई तेस्रो दिन अस्ताउँदै गरेको सुर्यलाई अध्र्य दिईएको हो । भोली शनिवार बिहान भने उदाउँदै गरेको सुर्यलाई अध्र्य दिएर यो पर्व समापन हुने छ ।

सत्य र अहिंसा प्रति सहानु भुति राख्न अभिप्रेरित गर्ने तराई मधेसबासीको चार्ड छठ सबै जातजाती , भाषा भाषीले साझा रुपमा मनाउँने गर्छन् । सुर्य उपहासना परम्पराको मोहक पद्दत्ति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदै  र उदाउँदै गरेको सुर्यलाई अध्र्य दिने गरिन्छ ।

सुख , शान्ति , समृद्धि , पुत्र प्राप्ति तथा मनोकमना पुर्तिका लागि गर्ने गरिएको यस पर्वमा चैती छठपर्व बाराको जीतपुर वडा नं.७ स्थित रातोपुल , बकुलिया , केराढोका , टेंढारोड् , बजनी , सिमरा , पथलैया , सदरमुकाम कलैया स्थित रामजानकी मन्दिर , सिद्धेश्वर मन्दिर , कलैया गाउँ , बरेवाका साथै बेलहियाँ , प्रस्टोका , सिम्रौनगढ , बरियारपुर , फेंटा , प्रसौनी , मोतिसर , गंजभवानीपुर , निजगढ , बिरगंजको घडियार्वा पोखरी , रानीघाट , बिन्दवासिनी , पोखरिया लगायत मध्य तराइको हरेक जिल्ला भरी नैं भक्तजनले चैती छठ पर्व धुमधामका साथ मनाई रहेका हुँन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै