आयरल्याण्डले आफगानिस्तानलाई दियो २१० रनको लक्ष्य, रशिद खान विश्व रेकर्डको नजिक 

खरीबोट

काठमाडौँ । आसीसी विश्वकपको सुपर सिक्सको अन्तिम खेलमा आयरल्याण्डले अफगानिस्तानलाई २१० रनको लक्ष्य दिएको छ । 

अफगानिस्तानलाई विश्वकपमा छनौट हुन् अब २१० रनको आवश्यकता रहेको छ । यस खेलको विजेता विश्वकपका लागि छनौट हुने छन् ।

टस जितेर पहिला ब्याटिंग गरेको आयरल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउदै २०९ रन बनाएको हो ।

आयरल्याण्डका लागि पाउल स्टिरलिंगले सर्वाधिक ५५ रन बनाए भने केभिन ओ ब्रेनले ४१ र नेल ओ ब्रेनले ३६ रन बनाएका थिए ।

आयरल्याण्डलाई सस्तैमा समेट्न अफगानिस्तानका बलरले अनुशासित बलिङ गरेका थिए । अफगानिस्तानका लागि रशिद खानले ३ विकेट लिए भने दवलट जर्दानले २ र मोहमद नाबीले एक विकेट लिए ।

यसका साथै रशिद खानले एकदिवसीय खेलमा ९९ विकेट लिएका छन् । उनले ४३ खेल खेल्दै ९९ विकेट लिएका छन । यस अघि ९६ विकेट लिएका रशिदले आज ३ विकेट लिदै आफ्नो विकेट संख्या ९९ बनाएका छन् । 

विश्व क्रिकेटमा सबैभन्दा कम खेल खेलेर सय विकेट लिने रेकर्ड बनाउन उनि अब एक विकेट टाढा रहेका छन् ।

यस अघि यो रेकर्ड अस्ट्रेलियाका बलर मिच स्ट्राकको नाममा रहेको छ । उनले ५२ खेलमा सय विकेट लिने रेकर्ड बनाएका छन् ।
  
 

सम्बन्धित समाचार

वेस्टइण्डिजलाई हराउदै विश्वकप छनौट प्रतियोगिताको च्याम्पियन बन्यो अफगानिस्तान 

काठमाडौं । आइसीसी विश्वकप छनौट प्रतियोगिताको उपाधि अफगानिस्तानले जितेको छ । आज भएको फाइनल खेलमा वेस्टइण्डिजलाई ७ विकेटले पराजित गर्दै अफगानिस्तान विश्वकप छनौटको च्याम्पियन बनेको छ । दुवै टिम विश्वकपमा छनौट भईसकेका

भाग्यमानी अफगानिस्तान विश्वकपका लागि छानियो

काठमाडौँ । २०१९ को ३० मे देखि १४ जुलाईसम्म इङल्याण्ड र वेल्समा हुने क्रिकेट विश्वकपको छनौट चरण सकिएको छ । शुक्रबार सम्पन्न सुपर सिक्सको अन्तिम खेलमा अफगानिस्तानले आयरल्याण्डलाई ५ विकेटले

वेस्टइण्डिज विश्वकपमा छनौट, स्कटल्याण्ड बाहिरियो 

काठमाडौँ । सन् २०१९ मा हुने क्रिकेट विश्वकपमा वेस्टइण्डिज छनौट भएको छ । बुधबार भएको खेलमा वेस्टइण्डिजले स्कटल्याण्डलाई डकवर्थ लुइस नियम अनुसार ५ रनले पराजित गर्दै विश्वकप छनौटको फाइनलमा पुग्दै अर्को

नेपाली राष्ट्रिय क्रिकेट टिम सोमबार साँझ काठमाडौँ आइपुग्ने 

काठमाडौं ।  आइसीसी विश्वकप छनोट क्रिकेट खेल्न जिम्बाबे गएको नेपाली राष्ट्रिय क्रिकेट टिम सोमबार साँझ ५:५५ बजे त्रिभुवन विमास्थलमा आइपुग्ने भएको छ । विश्वकप क्रिकेट छनोट अन्तर्गत दुई खेल जितेको नेपालले