• २०८१ बैशाख ८ शनिबार

सिन्धुपाल्चोकमा बस दुर्घटना, ३ जनाको मृत्यु

kharibot

काठमाडौं । काठमाडौबाट सिन्धुपाल्चोकको भोटेनाम्लाङ जाँदै गरेको बस दुर्घटना भएको छ ।

दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । सिन्धुपाल्चोकबाट नाम्लाङतर्फ जाँदै गरेको आमा हेल्मो यातायातको बा ३ ख ४३२५ नम्बरको बस मेलम्ची नगरपालिका १२ स्थित तामाखानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो ।

दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको र केही घाइते भएको प्रहरीले जनाए । घाइतेहरूको उपचारका लागि धुलिखेल पठाइएको समेत बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै