• २०८१ बैशाख ८ शनिबार

नेपालको निर्वाचनको इतिहासमा काँग्रेसको यो स्तरको पराजय कहिल्यै भएको थिएन – प्रकाशमान सिंह 

kharibot

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आजदेखि सुरु भएको नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा लिखित व्यक्तव्य राख्दै नेपालको निर्वाचनको इतिहासमा काँग्रेसको यो स्तरको लज्जास्पद पराजय कहिल्यै नभएको बताएका छन्  । 

नेता सिंहले काँग्रेसका सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै निर्वाचनमा संघीय संसद र प्रदेशसभामा काँग्रेसको कमजोर उपस्थितिको परिणाम ७ प्रदेश र केन्द्र कतै पनि काँग्रेसले सरकार बनाउन सक्ने अवस्था नरहेको र इतिहासमा जनताबाट दुई तिहाई र पटक पटक बहुमतका साथ जितेको काँग्रेसले कुनै प्रदेशमा त प्रमुख प्रतिपक्षी दलको हैसियतसम्म प्राप्त गर्न नसकेको बताएका छन् । 

उनले संघीय र प्रदेशमा एउटा प्रदेश बाहेक एक्लैले महाअभियोग वा अविश्वासको प्रस्ताव राख्न सक्ने वैधानिक हैसियतसम्म कायम गर्न नसकेको भन्दै पार्टी नेतृत्वको कडा आलोचना गरेका छन् ।

नेता सिंहले निर्वाचनमा पार्टीको पराजयलाई एउटै पाटोवाट मात्र जाँचेर हुदैन भन्दै वैचारिक एवम् साँगठनिक आधार, पार्टी नेतृत्व एवम केन्द्रीय कार्यसमिति र हामी नेतृत्वमा रहनेहरूको क्षमता, दक्षता र कार्य कुशलता, समग्र निर्वाचनको व्यवस्थापकीय पक्ष सबैलाई एकमुष्टसंग केलाएर गंभीरतापूर्वक समीक्षा गर्नु पर्ने बताए ।

नेता सिंहले संविधान जारी भए पछि तत्कालिन पार्टी सभापति कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनु नै काँग्रेस आजको यस दुःखद् घडिमा आईपुग्नको लागि यो दुःखदायी घटना नै प्रस्थान विन्दु भएको बताएका छन् । 

संविधान निर्माणमा एमालेसँग भएको राजनीतिक समझदारीलाई विलकुलै पर्वाह गरी सुशील कोइरालालाई पुनः प्रधानमन्त्रीमा भिडाउनु कति उचित थियो ? भन्दै सिंहले त्यस वेला पार्टीलाई दाउमा लगाउने गरी गरिएको यो घटनाका जिम्मेवार को को थिए र यस घटनाबाट पार्टीलाई कति क्षति हुन गयो ? निर्वाचनको समीक्षा गर्न बस्दै गर्दा यो विषय पनि गंभीर छलफलको विषय हुनु पर्ने बताएका छन् ।

नेता सिंहले सभापति देउवाको कडा आलोचना गर्दै भरतपुर महानगर पालिकामा प्रचण्ड पुत्रीलाई मेयरमा जिताउन सभापति देउवाले खेलेको भूमिकालाई सत्ता केन्द्रित राजनीतिको पराकाष्टाको संज्ञा दिए । 

उनले पार्टी केन्द्रीय कार्यसमितिमा कुनै छलफलसम्म नगरी स्वेच्छाचारी ढङ्गबाट एक्लैले यति ठुलो आत्मघाती निर्णय गरेको घटनाले देशव्यापी रूपमा स्वाभिमानी काँग्रेसीजनको शीर निहुर्याएको बताए । 

पार्टी सभापतिजीको सत्ता स्वार्थबाट अभिप्रेरित भएर गरिएको यो सिद्धान्तहीन अराजनीतिक कदमले निर्वाचनमा देशव्यापी रूपमा पार्टीलाई ठुलो क्षति पुगेको उनले बैठकमा बताए ।
पार्टीको संगठनलाइ सभापति स्वयंले कमजोर बनाएको बह्न्दै नेता सिंहले  निर्वाचनको मुखैमा आएको अवस्थामा वाध्य भएर मात्र सभापतिजीले विधानको घोर उलंघन गर्दै टिकट वितरण गर्ने निकाय पार्टी संसदीय समिति गठन गरेको आरोप लगाए । 

काँग्रेसको विधान बमोजिम तत्कालिन अवस्थामा ११ सदस्यीय संसदीय समिति गठन गर्न मिल्थ्यो तर सभापतिले विधानलाई घोर उलङ्घन गर्दै २४ सदस्यीय समिति गठन गरको प्रसंग उठाउदै नेता सिंहले निर्वाचन कै मुखमा विरोध गर्दा निर्वाचनमा पर्न सक्ने नकारात्मक असरलाई ध्यानमा राखेर आफुले त्यति बेला सभापतिको सो निर्णयको विरोध नगरेको बताए । 

नेता सिंहले बैठकमा सभापति प्रधानमन्त्री हुदा अलोकप्रिय निर्णय गरेको भन्दै प्रहरीको नवराज सिलवाल प्रकरण देखि गलत भाषण पढेको प्रसंगसम्म प्रस्तुत गरेका थिए ।

काँग्रेसका कार्यकर्तामा देखिएको व्यापक असन्तुष्टि र निराशालाई चीरेर पार्टीलार्ई गतिशील बनाउँन शिघ्र पार्टीको महासमिति वैठक वोलाउन नेता सिंहले केन्द्रीय समितिमा माग गरेका छन् । 

  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै