• २०८१ बैशाख ७ शुक्रबार

बुद्ध एयरले काठमाडौं—सुर्खेत उडान शुरु गर्दै

kharibot

काठमाडौं । बुद्ध एयरले पुनः  काठमाडौं—सुर्खेत उडान सञ्चालन गर्ने भएको छ ।

काठमाडौं र  कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई जोड्नका लागि नयाँ वर्ष ०७५ वैशाख १ बाट काठमाडौं—सुर्खेत—काठमाडौं उडान सुरु गर्न लागिएको बुद्ध एयरले जानकारी दिएको छ ।

बुद्ध एयरले एकतर्फी ८ हजार ५०० र बाँकी आधा सिटको १० हजार ५०० तोकेको छ ।

कर्णाली प्रदेश सरकारको पहलमा काठमाडौंबाट सुर्खेतका लागि नेपाल एयरलाइन्सले पनि उडान गर्ने तयारी गरेको छ ।

बुद्ध एयरले २०६९ पुसदेखि २०७० असारसम्म काठमाडौं—सुर्खेत उडान सुरु गरेपनि पर्याप्त यात्रु नहुँदा आर्थिक भार परेको भन्दै उडान रोकिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै