• २०८१ बैशाख १३ बिहीबार

दाङका महिलाको वन संरक्षणमा सहभागिता बढ्दो

kharibot

तुलसीपुर । पछिल्लो समयमा जिल्लामा सामुदायिक वनको संरक्षणमा महिला सहभागिता बढेको सामुदायिक वन उपभोक्ता महासंघले जनाएको छ । 

पाँच सय चारवटा सामुदायिक वन समूहमध्येमा ९३ वटा वन समूहको नेतृत्व महिलाले गरिरहेका सामुदायिक वन उपभोक्ता महांसघका जिल्ला अध्यक्ष शोभाकर सापकोटाले जानकारी दिए ।

महिलाले सञ्चालन गरेका वन समूह फस्टाउँदै गएका छन् । वन जोगाउने काममा महिला सक्रिय भएर लाग्नुका साथै आफ्नो क्षमता प्रदर्शन गरिरहेका छन् । वन समूहमा आवद्ध महिला विभिन्न सामाजिक संघ संस्थाको नेतृत्व तहमा समेत पुगेका छन् ।

निर्णायक तहमा महिलाको प्रतिनिधित्व बढेको सामुदायिक वन उपभोक्ता समूहका पूर्व केन्द्रीय सदस्य पदमा चौधरी बताउँछन् । 

उनी भन्छन्, – ‘अहिले महिलाले आयआर्जनकालागि घुम्ती कोष सञ्चालन गर्नुका साथै सहकारीदेखि प्राकृतिक स्रोत साधनको संरक्षणमा पनि सक्षम बन्दै गएका छन् ।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै