• २०८१ बैशाख ६ बिहीबार

आगामी ५ बर्षमा अन्तराष्ट्रिय विमानस्थलको ५० प्रतिशत काम सकिन्छ : पर्यटनमन्त्री अधिकारी

kharibot

बारा । पर्यटन मन्त्री रबिन्द्र अधिकारीले आउँने पाँच बर्षभित्र दोश्रो अन्तराष्ट्रिय विमानस्थलको काम ५० प्रतिशत सकिने बताएका छन् ।

बाराको सिमरामा शुक्रबार आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै सो बताएका हुँन् ।

उनले विमानस्थलको पुर्व तयारीको काम दुईबर्ष भित्र सुरुहुने त्यसपछि ४ देखि ५ बर्ष भित्र निर्माण सम्पन्न हुने बताए ।

बर्तमान अवस्थामा राजधानीको विमानस्थलले मात्र थेग्न नसकिरहेको अवस्थाका कारण दोश्रो अन्तराष्ट्रिय स्थरको विमानस्थल अपरीहार्य भएको बताए ।

निजगढ बिमानस्थल निर्माणमा राज्यकै चासो बढेकोले अव काम चाडो थालिले बताउदै मन्त्री अधिकारीले मोआव्जा र ऐलानी बस्तीका नागरीक प्रति राज्यले न्यायोचित निर्णय गर्ने बताए । मन्त्री अधिकारीले यो बिमानस्थल २२ देखि २५ मुलुको हवाई हव बन्न सक्ने बताए ।

बिमानस्थल निर्माण भन्दा बढि पुर्ब तयारी असाध्यै समय लाग्ने भएकोले निर्माणमा सुस्तता देखीएकोले अब चाढै देखीने कामहरु हुँने बताए ।

कार्यक्रममा संनन्धीत सरोकारवाला, जनप्रतिनिधिहरु र स्थानीय अगुवाहरुले आ–आफ्ना धारणा राखेका थिए ।

यसैबिच कार्यक्रम पछि उनी बाराको टाँगियाबस्ती स्थित अन्तराष्ट्रिय विमान स्थलमा गएर अवलोकन गरेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै