• २०८१ बैशाख ७ शुक्रबार

टिपरले किचेर बारामा मोटरसाईकल चालकको मृत्यु 

kharibot

बारा । टिपरले किचेर बाराको सिमरामा एक जना मोटरसाईकल चालकको मृत्यु भएको छ । भने सोहि मोटरसाईकलमा सवार अर्का एक जना घाईते भएका छन् ।

वीरगंज पथलैया सड्क खण्ड अन्तरर्गत बाराको सिमरा स्थित जिल्ला वन कार्यालयको अगाडी बिरगंज तर्फबाट आउँदै गरेको ना.७.ख.२३३९ नं.को टिपरले बिपरित दिशा तर्फबाट आउँदै गरेको ना.१९.प.३८४१ न्ं.को मोटरसाईकललाई ठक्कर दिएको हो ।

मृत्यु हुनेमा मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नं.२ बस्ने वर्ष २५ का लक्ष्मण लामा रहेका छन् । भने सोहि ठाउँ बस्ने वर्ष २४ का कर्म लामा घाईते भएका छन् ।

उनीहरु काम विशेषले बिरगंज जाँदै गरेका थिए । भने निर्माणधिन सडकको लागि माटो ओसार्दै गरेको टिपरले किचे पछि लक्ष्मणको घटना स्थल मैं ज्यान गएको थियो ।

मृतकको शवलाई पोष्टमार्टमका लागि अहिले मकवानपुर स्थित हेटौंडा अस्पतालमा पठाईएकको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरिक्षक भुवन भट्टले जानकारी दिएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै