• २०८१ बैशाख १२ बुधबार

संरक्षित जग्गा सार्वजनिक उपयोगमा रुपान्तरण गर्ने अभियानमा काठमाडौँ महानगर, अनुगमनमा मेयर-उपमेयर 

kharibot

काठमाडौँ । वडामा भएका सार्वजनिक जग्गाको अवस्था बुझ्न काठमाडौं महानगरका मेयर र उपमेयरले स्थालगत भ्रमण अवलोकनलाई बाक्लो बनाउन थालेका छन् । 

व्यक्ति वा सीमित समूहले कव्जा गरेको सार्वजनिक सम्पत्तिलाई सामुहिक प्रयोग ल्याउने कामलाई सफल बनाउन उहाँहरु वडाको संयोजनमा सार्वजनिक जग्गाको अवस्था जान्न अनुगमनमा निस्केका हुन् । यसै क्रममा शुक्रबार विहान वडा नम्बर ११ धोवीखोला पश्चिम बसन्तनगर पुगेका छन् ।

नापी नक्सा सिट नं. १०२—११४५—२५ को कित्ता नं. १८ र २७ तथा सिट नं. १०२—११४५—२० को कित्ता नं. १८४ मा रहेको जग्गा उपयोग अवस्थाका विषयमा जानकारी लिएपछि मेयर विद्यासुन्दर शाक्यले, संरक्षित जग्गामा बाल उद्यान, जेष्ठ नागरिकको आराम स्थल, विहान वेलुका हावा खाने ठाउँका रुपमा विकास गरिने बताए । बोल्न थाल्यो भने अनेक थरी बाधा आउँछन्, त्यसैले नबोलीकनै सार्वजनिक जग्गा नागरिकको उपयोगमा रुपान्तरण गर्छौ, मेयर शाक्यले सामाजिक मनोविज्ञान र आफ्नो लक्ष्यको सम्बन्ध स्पष्ट पार  ।

संरक्षित जग्गा अहिलेसम्म नागरिकको प्रयोगमा रुपान्तरण भइसकेका छैनन्, यो दिन कहिले आउला ? प्रश्नको उत्तरमा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले भनिन् — जनप्रतिनिधिविहिनता अवस्थामा विग्रिएको व्यवस्था बुझेर सुधारको बाटो पत्ता लगाउन हामीलाई समय लाग्यो । कार्यकाल शुरु भएदेखि अहिलेसम्म धेरै कुरा थाहा पाइसक्यो, अव भटाभट काम गर्छौ ।

सो क्रममा वडा नं. ११ का वडाध्यक्ष एवं महानगरको विधायन समितिका संयोजक हीरालाल तण्डुकारले, आफ्नो वडाका विभिन्न ठाउँमा ८ रोपनी क्षेत्रफल भएको सार्वजनिक जग्गा संरक्षण थालनी गरिएको जानकारी दिए । वसन्तनगरमा साविकमा ६ रोपनी जग्गा सार्वजनिक थियो, धोवीखोला करिडोर निर्माण गर्दा केही जग्गा बाटामा गयो बाँकी जग्गा जोगाउन लागेका छौं, वडाध्यक्ष तण्डुकारको भनाइ छ ।

शुक्रबारै नापी कार्यालयका अधिकारीको सहयोगमा जग्गा नापजाँच भएको छ । जग्गाको एकिन क्षेत्रफल पत्ता लगाएपछि काम अघि बढाउन सजिलो हुने वडासचिव रामप्रसाद पौडेलको भनाइ छ ।

सो क्रममा स्थानीय नागरिक, अन्त सरोकारवाला अधिकारीहरुको सहभागिता थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै