• २०८१ बैशाख ७ शुक्रबार

निजी खर्चमा ज्येष्ठ नागरिक विश्रामस्थल निर्माण

kharibot

पथरी, मोरङ । उर्लाबारी–९ निवासी युवा समाजसेवी सुन्दर श्रेष्ठले ज्येष्ठ नागरिकका लागि विश्राम चौतारी बनाई दिएका छन ।

भोटेपुलसंगै रु ५० हजारको लगानीमा चौतारी बनाएर छानो छाइ फलैँचा समेत राखिदिएका हुन् । ज्येष्ठ नागरिक विश्राममा लयमा बसेर भलाकुसारी गर्दै दुःख सुखका कुराकानी गर्न सहज हुने उनले बताए । श्रेष्ठले सो चौतारीमा राष्ट्रिय पत्रपत्रिका पढ्न मिल्ने व्यवस्था पनि मिलाएका छन ।

बुबा इन्द्रनारायण श्रेष्ठको स्मृतिमा सामाजिक काम गर्दै आउनुभएका उनले बिहानको पत्रपत्रिका पढेर गाउँले सजग होउन् भनेर उक्त कार्य गरिएको र बालबालिकालाई खेल्ने सामग्री पनि उपलब्ध गराइएको जानकारी दिंदै आफूले सकेजती  सामाजिक काम गरेर आफ्नो गाउँको सेवा गर्ने इच्छा भएको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै