• २०८१ बैशाख १३ बिहीबार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब कुवेतबाट पनि सुरु

kharibot

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब अल अन्सारी एक्स्चेन्ज कुवेतबाट पनि सुरु भएको छ । 

सो सेवा अल अन्सारी एक्स्चेन्ज कुवेतको क्यास एक्सप्रेस वोर्ल्डवाइड मार्फत नेपालको सिटी एक्सप्रेस मनी ट्रान्सफरमा सिधै रकम पठाउन सकिने छ । 

अल अन्सारी एक्स्चेन्जको ९ रेमिटान्स सेन्टरहरुबाट नेपालमा सिधै नगद पठाउन सकिने छ । त्यसरी पठाएको रकम सिटी एक्सप्रेस मनी ट्रान्सफर को ५५०० भन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत सहज तरिकाले भुक्तानी लिन सकिने भएको छ । 

अल अन्सारी एक्स्चेन्जका उच्च व्यबस्थापन पक्षले सिटी एक्सप्रेससँग सिधा रेमिटान्स सम्झौता भएकोमा खुशी यक्त गर्दै आगामी दिनहरुमा सिटी एक्सप्रेससँग नयाँ प्रविधि अनुसार सहकार्य गर्दै जाने जानकारी दिए । 

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा छट्टै पहिचान बनाउदै बिगत ११ वर्ष देखि बिश्वभरी आफ्नो रेमिट एजेन्टहरुबाट ५५०० भन्दा बढी नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै