• २०८१ बैशाख १३ बिहीबार

प्रधानमन्त्री देउवा पाँच दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

kharibot

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् ।

बुधबार बिहान १० बजे ४८ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा नेपाल वायुसेवा निगमको उडानमार्फत त्यसतर्फ प्रस्थान गरेका हुन् ।

भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारत भ्रमणमा निस्केका प्रधानमन्त्री देउवाको चौथी पटक प्रधानमन्त्री भएपछिको पहिलो भ्रमण हो । प्रधानमन्त्री देउवाले यस अघि भारतको तीन पटक राजकीय भ्रमण गरिसकेका छन् ।

भ्रमण दलमा परराष्ट्रमन्त्रीसहित विभिन्न मन्त्रालयका सचिव, वरिष्ठ अधिकृत व्यवसायी तथा सञ्चारकर्मीको सहभागिता रहेको छ ।

भारत प्रस्थान गर्नुअघि देउवालाई बिदाइ गर्न सभामुख ओनसरी घर्ती,  सरकारका मन्त्री, सरकारी अधिकारीहरुलगायत विमानस्थल पुगेका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै