• २०८१ बैशाख १२ बुधबार

भाग्यमानी अफगानिस्तान क्रिकेट !

kharibot

काठमाडौँ ।  आसीसी विश्वकप छनौट अन्तिम चरणमा रहेको छ । नेपाल विश्वकपमा छनौट हुन नसके पनि ऐतिहासिक सफलता हासिल गर्दै एकदिवसीय मान्यता पाएर नेपाली टिम स्वदेश फर्किसकेको छ ।

विश्वकप छनौटमा वेस्टइण्डिजलाइ भाग्यले साथ दिदा बर्षाले प्रभावित खेलमा स्कटल्याण्डसँग केबल ५ रनले विजयी हुदै विश्वकपमा छनौट हुन् सफल भएको छ ।

अब विश्वकप छनौटमा विहिबार आयोजक जिम्बाबलाई युएईले सुपर सिक्सको अन्तिम खेलमा पराजित गरेपछि आज हुने अफगानिस्तान र आयरल्याण्डबीचको विजेता टिम विश्वकपमा छनौट हुने भएका छन् । आफ्नै घरेलु मैदानमा आयोजना भएको विश्वकप छनौटमा जिम्बाबे छनौट हुन असफल भएको छ ।

आयरल्याण्डले सुपरसिक्समा आयोजक जिम्बाबेसँग १०७ रनको हार बेहोरेको थियो भने स्कटल्याण्डसँग २५ रनको जित निकाल्न सफल भएको थियो । आयरल्याण्डको ४ खेलमा ४ अंक सहित अंक तालिकामा चौथो स्थानमा छ । आज अफगानिस्तानलाई पराजित गरेमा आयरल्याण्डको ६ अंक हुने छ र विश्वकपमा छनौट हुने छ ।

त्यस्तै अफगानिस्तान यस प्रतियोगितामा धेरै किसी ले भाग्यमानी देखीएको छ । हुन त अफगानिस्तान टिममा प्रशस्तै प्रतिभावान क्रिकेटरहारु रहेका छन् तर उनीहरुले प्रतियोगित को सुरुवात राम्रो गर्न सकेका थिएनन् । लिग चरणमा केबल एक खेल जितेर नेपालले हङकङलाई पराजित गरिदिदा सुपरसिक्समा पुगेको थियो । 

सुपर सिक्समा अफगानिस्तानले खेलेका दुवै खेलमा जित हासिल गरेको छ । पहिलो खेलमा वेस्टइण्डिजलाई ३ विकेटले पराजित गर्यो भने दोस्रो खेलमा युएईलाई ५ विकेटले पराजित गर्न सफल भयो । अंक तालिकामा अफगानिस्तानको ४ अंक छ भने आजको जितले ६ अंक सहित विश्वकपमा छनौट गराउने छ  ।

प्रतियोगिताको लिग चरणको अन्त्यमा नेपालका कारण सुपर सिक्समा पुगेको अफगानिस्तानले युएईले आयोजक जिम्बाबेलाई पराजित गरिदिदा विश्वकपमा छनौट हुने अवसर पाएको छ । यसरी प्रतियोगिता मै सबैभन्दा भाग्यमानी टिम अफगानिस्तान बनेको छ ।

आज हुने खेल आयरल्याण्ड र अफगानिस्तान दुवैका लागि गर या मरको हुने छ । जितले विश्वकपको यात्रा तय गराउने छ । त्यसैले यस खेललाई प्रतियोगिता कै फाइनल खेलको रुपमा लिन सकिन्छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै