• २०८१ बैशाख ८ शनिबार

खुमबहादुर खड्काको स्वास्थ्य अवस्था गम्भीर, भेन्टिलेटरमा राखेर उपचार हुदै 

kharibot

फाइल तस्बिर

काठमाडौँ ।  नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काको स्वास्थ्य अवस्था गम्भीर भएको छ । 

लामो समयदेखि मिर्गौला, छाती र नसाको समस्याबाट पीडित खड्काको भारतको नयाँ दिल्लीमा रहेको एपोलो अस्पतालमा उपचार भैरहेको छ । 

उनको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको पारिवारिक स्रोतले जनाएको छ । अहिले स्वास्थ्यमा केही सुधार भएको परिवारले बताएका छन् । 

यसैबीच उणको स्वास्थ्य लाभको कामना गर्दै गृहजिल्ला दाङमा पूजाआजा गरिएको छ । पार्टीका नेता तथा कार्यकर्ता र शुभचिन्तकले खड्काको स्वास्थ्य लाभको कमना गर्दै बिहीबार पूजा गरेका हुन् ।

गत फागुन ५ गते अचानक अस्वस्थ भएपछि नेता खड्कालाई काठमाडौँस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो । बाथरुम जाँदा लडेर असजिलो भएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । 

त्यति बेला नेता खड्काको मुटुको चालमा असामान्य तीव्रता देखिको हुँदा थप उपचारका लागि खड्कालाई दिल्लीस्थित अपोलो अस्पताल लागिएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै