• २०८१ बैशाख १३ बिहीबार

युरोपियन युनियनको टिप्पणीप्रति प्रेस काउन्सिल नेपालको आपत्ति

kharibot

काठमाडौँ । प्रेस काउन्सिलका बारेमा युरोपियन युनियनले आफ्नो निर्वाचन प्रतिवेदनमा गरेको टिप्पणीप्रति प्रेस काउन्सिलले आपत्ति जनाएको छ ।  

एक विज्ञप्ति निकाल्दै काउन्सिलले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन पर्यवेक्षणको नाममा युरोपियन युनियनद्वारा जारी प्रतिवेदनप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

प्रेस काउन्सिलको गठन विधि, कार्यक्षेत्र, भूमिका र प्रभावक्षेत्रको वस्तुगत विश्लेषण र तथ्यपरक जानकारी नै नराखी एकदमै सतही रुपमा गरिएको टिप्पणीप्रति काउन्सिलले दुःख व्यक्त गरेको छ । 

युरोपियन युनियनको प्रतिवेदनमा व्यक्तिको न्यायिक र नैसर्गिक सिद्धान्तलाई सामान्य रुपमा समेत ख्याल गरिएको पाइएन भन्दै प्रेस काउन्सिलकै सन्दर्भमा कतिपय गलत, भ्रामक र आधारहीन किटानी गरिएको काउन्सिलले विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सवै वर्ग, तह तप्काका जनसमुदायको भर्खर सम्पन्न आम निर्वाचनमा उत्साहजनक सहभागिता रहेको परिप्रेक्ष्यमा युरोपियन युनियनको प्रतिवेदनले आफैंमा बिश्वसनीयताको संकट पैदा गरेको काउन्सिलले जनाएको छ । 

संघीय संरचनाको पहिलो प्रयोग गर्दै रहेको नेपाल राष्ट्र र यसका अविभाज्य नियामक निकायहरुमाथि गरिएको यसखाले टिप्पणीप्रति प्रेस काउन्सिल नेपालले आपत्ति प्रकट गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै