आवास अनुदानका लागि थप १० अर्बको अख्तियारी

खरीबोट

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास अनुदानका लागि बिहीबार थप ९ अर्ब ९५ करोड रुपैयाँको अख्तियारी प्रदान गरेको छ । 

घर निर्माण सुरु गरेका व्यक्तिहरुलाई रकम अभाव नहोस् भनेर प्राधिकरणले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई सो अख्तियारी प्रदान गरेको हो । 

अर्थ मन्त्रालयले आजै स्रोतान्तर गरी उक्त रकम प्राधिकरणलाई प्रदान गरेको थियो । नेपाल सरकारले भूकम्पपछिको निजी आवास पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राखेको छ ।

सबै जिल्लाहरुमा निजी आवास निर्माण तीव्र गतिमा भइरहेकोले अनुदान रकमको माग उच्च हुने संभावनालाई विचार गर्दै प्राधिकरणले थप बजेटको अख्तियारी दिएको हो । 

प्राधिकरणका प्रवक्ता यम लाल भूसालले लाभग्राहीलाई अनुदान रकम लिन कुनै ढिलाइ नहोस् भनेर जिल्लाहरुमा बजेट निकासाका लागि अख्तियारी दिइएको बताए । प्रवक्ता भूसालले भने, ‘आफ्नो घर पुनर्निर्माण गरिरहनु लाभग्राहीको सहज होस् भनेर थप बजेटको अख्तियारी दिइएको हो ।’ 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणलाई गति दिन हरसंभव प्रयास गरिरहेको छ । समयसीमा नै निर्धारण गरेर लाभग्राहीलाई दोस्रो र तेस्रो किस्ता लिन आग्रह गरेको प्राधिकरण किस्ताबापतको रकम अभाव नहोस् भन्नेमा चनाखो छ । 

पछिल्ला महिनाहरुमा भूकम्प प्रभावित सबै जिल्लाहरुमा निजी आवास पुनर्निर्माणको क्रम तीव्र छ । बिहीबार साँझसम्मको तथ्यांकअनुसार ३ लाख ६७ हजार १ सय ६५ घर पुनर्निर्माण भइरहेका छन् । त्यस्तै, ३ लाख ११ हजार ७ सय ३ लाभग्राही दोस्रो किस्ताका लागि प्रमाणीकरण भइसकेका छन् । उनीहरुले आफ्नो सुविधाअनुसार तोकिएको बैंकबाट दोस्रो किस्ता बापतको १ लाख ५० हजार रुपैयाँ निकाल्न सक्ने छन् ।

त्यस्तै, तेस्रो किस्ताका लागि प्रमाणीकरण भएका लाभग्राहीको संख्या पनि उल्लेख गतिमा बढिरहेको छ । बिहीबारसम्मको तथ्यांकअनुसार ८२ हजार ५ सय ८८ लाभग्राही तेस्रो किस्ताका लागि प्रमाणीकरण भइसकेका छन् । तेस्रो किस्ताबापत लाभग्राहीले १ लाख प्राप्त गर्छन् ।

प्राधिकरणले दोस्रो किस्ता लिने समयसीमा चैत्र मसान्तसम्मलाई तोकी घर पुनर्निर्माण सुरु गर्न बाँकी रहेका लाभग्राहीलाई यही अवधिभित्र घरको जग राखी दोस्रो किस्ताका लागि निवदेन दिन आग्रह गरेको छ । 

त्यस्तै, प्राधिकरणले नेपालभित्र कुनै पनि स्थानमा बस्न योग्य घर भएका वा समय सीमाभित्र घर बनाउन नचाहने भूकम्प प्रभावितहरुले पहिलो किस्तावापत रकम लिएको भए फिर्ता गर्न आग्रह गरेको छ । यसका लागि जिल्ला समन्वय समितिको कार्यालयमा सम्पर्क गर्न प्राधिकरणले सूचना नै जारी गरेको छ ।
 

सम्बन्धित समाचार

केन्द्रीय र जिल्लास्तरीय आयोजना कार्यान्वयन इकाई अब पुनर्निर्माण प्राधिकरणको मातहतमा 

काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणको कार्यलाई प्रभावकारी रुपमा थप तीव्रता दिन केन्द्रीय तथा जिल्लास्तरीय आयोजना कार्यान्वयन इकाईहरु आगामी चैत्र २९ गतेदेखि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मातहत रहने भएका छन् ।  मुलुक संघीय सरचनामा

तीन लाख भूकम्प पिडित दोस्रो किस्ताको डेढ लाख पाउन योग्य

काठमाडौं । पुनर्निर्माणमा क्रियाशील तीन लाखभन्दा बढी लाभग्राही दोस्रो किस्ताका लागि योग्य भएका छन् ।  शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइको आइतबारसम्मको तथ्यांक अनुसार दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने

तीन लाखले दिए प्राधिकरणमा दोस्रो किस्ता पाउन निवेदन

काठमाडौं । निजी घर निर्माण सुरु गरी दोस्रो किस्ताका लागि निवेदन दिने भूकम्प पीडित लाभग्राहीको संख्या तीन लाख नाघेको छ । बिहीबार अपरान्ह प्राधिकरणको सूचना संयन्त्रमा प्रविष्ट तथ्यांकअनुसार ३ लाख १

गुनासो प्रमाणीकरणका लागि स्थानीय तहमा पठाउने प्राधिकरणको तयारी 

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छुट तथा पुनःजाँच सर्वेक्षणबाट प्राप्त एक लाख बढी गुनासोलाई यही फागुन मसान्तभित्र अन्तिम प्रमाणीकरणका लागि स्थानीय तहमा पठाउने तयारी गरेको छ ।   प्राधिकरणका कार्यकारी समिति