• २०८१ बैशाख ७ शुक्रबार

एनआईसी एशिया बैंकमा मुद्दती खाता खोल्दा अब ब्याजको ‘अग्रीम भक्तानी’

kharibot

काठमाडौँ । ‘बैंक पनि, साथीपनि’ भन्ने मुल नाराका साथ सर्वसाधारणमा केन्द्रित बैंकिङ  सेवा प्रदान गर्दै आइरहेको मुलुककै अग्रणी वाणिज्य बैंकहरु मध्येको एक एनआईसी एशिया बैंकले ग्राहकको सर्वोपरी हितलाई ध्यानमा राख्दै ‘अग्रीम ब्याज भुक्तानी मुद्दती खाता’  संञ्चालनमा ल्याएको छ । 

यस योजनाअन्तरगत  ग्राहक महानुभावले कुनै पनि रकमको मुद्दती खाता खोली,  खाता खोलेकै दिनमा ११ प्रतिशत को वार्षिक ब्याजका दरले हुनआउने ब्याजको अग्रीम भुक्तानी आफ्नो एनआईसी एशिया बैंकमा रहेको कुनै पनि बचत खातामा भुक्तानी पाउन सकिने बैंकले जानकारी दिएको छ ।

यस मुद्दती योजना अन्तरगत,  मुद्दती खाता ३ महिना,  ६ महिना,  ९ महिना अथवा १२ महिनाको लागि खोले पनि सम्बन्धित अवधिका लागि ११ प्रतिशत का दरले अग्रिम ब्याज भुक्तानी बैंक गर्ने जनाएको छ । व्यक्तिगत र संस्थापक दुवै निक्षेपकर्ताले खोल्न सक्ने यो मुद्दती योजनामा चाहेको बेलामा जम्मा गरेको रकमको ८० प्रतिशतसम्मको कर्जा उपभोग समेत गर्न सकिने जानकारी दिएको छ  ।

साथै यस्तो मुद्दती खाता खोल्ने ग्राहकहरुको रु ५ लाख सम्मको दुर्घटना बीमापनि बैंकले नै गरिदिने व्यवस्था मिलाएको छ । 

नेपालमा हालसम्ममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले संञ्चालनमा ल्याएका विभिन्न मुद्दती खाताहरुमा रहेको बिशेषताहरुको तुलनामा अत्यन्त आकर्षक एवं अतुलनियसुविधाहरु समेटी ल्याइएको यस अग्रिम ब्याज भुक्तानी मुद्दती खाता सिमीत अबधीका लागि मात्र संञ्चालनमा रहने भएकोले मौकाको फाइदा उठाई लाभ उठाउन एनआईसी एशिया बैंकले अपिल गरेको छ । 

बैंकका मुलुकभर गरी १८५ शाखासहित निजी क्षेत्रको सवैभन्दा बढि शाखा सञ्जाल भएको बैंक बन्न सफल यस बैंक १८८ एटिएमसहित मुलुककै सबैभन्दा बढि एटिएम सञ्जाल भएको बैंक समेत बन्न सफल भएको छ । समग्रमा यस बैंक ४ वटा एक्स्टेन्सन काउन्टर, ३ वटा ब्रान्चलेस बैंकिङ्ग युनिट र कुल ५,००० भन्दा बढि रेमिट्यान्स पेमेन्ट एजेन्ट (प्रत्यक्षएवं अप्रत्यक्ष समेत गरी) सहित ५,३७८ भन्दा बढि भौतिक सञ्जालमार्फत बैकिङ्ग सेवा प्रदान गरिरहेको छ । 

साथै, बैंकको सेवाग्राहीहरुको संख्या १० लाखभन्दा बढि पुगी यस बैंकको वासलातको आकार रु १४८ अर्ब भन्दा वढि पुगेको छ भने बैंकको कुलकर्जा करिब रु १०४ अर्ब र कुलनिक्षेप करिब रु १२४ अर्ब पुगीसकेको छ । 

साथै, संस्थागत सुशासन, जोखिम ब्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको बैंकले जनाएको छ । 


 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै