काठमाडौँ । ग्लोबल आइएमई बैंकले विगतका बर्षहरुमा जस्तै इपिएस कोरियन भाषा परीक्षाको परीक्षा शुल्क संकलन सेवा प्रदान गरेको छ ।
ग्लोबल आइएमई बैंक कोरियन भाषा परीक्षाको परीक्षा शुल्क संकलन गर्ने एकमात्र बैंक हो ।
गत बर्ष जस्तै यस वर्षपनि बैंकले चैत्र ८ गते देखि चैत्र १७ गतेसम्म सञ्चालन हुने ९औँ इपिएस कोरियन भाषा परीक्षा को परीक्षा शुल्क पूर्व मेचि देखि पश्चिम महाकालीसम्म छरिएर रहेका आफ्ना ११८ शाखाहरुबाट संकलन गर्ने व्यवस्था मिलाएको हो ।
नेपाल सरकार श्रम मन्त्रालय बैदशिक रोजगार विभागसँगको सहकार्यमा सुरुवात देखि नै ग्लोबल आइएमई बैंकले इपिएस भाषा परीक्षा शुल्क संकलन सेवा प्रदान गर्दै आइरहेको छ ।