• २०८१ बैशाख ७ शुक्रबार

जोन्सनको पाउडरबाट क्यान्सर भएको पुष्टि, अदालतद्वारा ४२ अर्ब जरिवाना तिर्न आदेश  

kharibot

काठमाडौँ ।  फर्मास्युटिकल कम्पनि जोन्सन एण्ड जोन्सनलाई एक अमेरिकी अदालतले ४१७ मिलियन डलर अर्थात् ४२ अर्ब ७८ करोड नेपाली रुपैया बराबरको हर्जना तिर्न आदेश दिएको छ । 

एक महिलाले जोन्सनको पाउडर र्पयोग गरेपछि उनको पाठेघरमा क्यान्सर भएको भन्दै हालेको मुद्धाको फैसलामा अदालतले यस्तो आदेश दिएको हो ।  क्यालिफोर्नियाको अदालतका न्यायधिशले फैसला सुनाउदै जोन्सनले आफ्ना उत्पादनमा क्यान्सरको खतरा हुनसक्ने कुनै चेतावनी नदिएको बताएका छन् । 

यस्तो मुद्धामा अदालतले जरिवाना तोकेको यो अहिलेसम्मकै ठुलो घटना मानिएको छ ।  यता जोन्सन कम्पनिले भने अदालतको निर्णय विरुद्ध अपिल गर्ने तयारी गरेको बताएको छ । 

जोन्सन एण्ड जोन्सनका प्रवक्ता केरोल गुडरिचले यस फैसला विरुद्ध अपिल गर्ने बताउदै आफुहरुले विज्ञानलाई मान्ने बताएको बिबिसीले उल्लेख गरेको छ ।  उनले जोन्सनको प्रयोगले क्यान्सर भएको कुरा निकै अर्थपूर्ण छ । 

न्युजर्सीस्थित जोन्सन एण्ड जोन्सनको मुख्य कार्यालयमा हजारौ महिलाले पाउडर प्रयोग गरेपछि पाठेघरमा क्यान्सर भएको उजुरी गरेको मिडिया रिपोर्टहरुमा उल्लेख गरीएको छ ।  
जोन्सनले यसअघि पनि यस्तै किसिमको पाँच मुद्धामा चार मुद्धामा हारेको थियो । 

यो मुद्धा हेरिरहेका वकिलले ६३ बर्षीय इकेवेरियाले ११ बर्षको उमेरदेखि जोन्सन पाउडर प्रयोग गरिरहेको र १० बर्ष अघि गर्भाशयमा क्यान्सर भएको थाहा भएको थियो । 

धेरै समयदेखि नै टेलकम पाउडरको प्रयोगले महिलाको पाठेघरमा क्यान्सर हुने खतरा देखिएको छ ।  अन्तर्राष्ट्रिय अनुसन्धानहरुले भने महिलाहरुले योनीमा पाउडर प्रयोग गर्नाले क्यान्सर हुनसक्ने बताएका छन् । सन् १९७० को दशक देखि नै बेबी पाउडरको प्रयोग हुदै आएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै