• २०८१ बैशाख ७ शुक्रबार

रुकुममा जिप दुर्घटनामा एकको मृत्यु, छ घाइते

kharibot

रुकुम । पश्चिम रुकुमको सदरमुकाम मुसिकोटबाट आठबिसकोट जाँदै गरेको लु १ ज २६३८ नंंको जिप केहीबेरअघि बाफिकोट–६ मग्मामा दुर्घटना हुँदा बुधबार एकजनाको मृत्यु भएको छ । 

दुर्घटनामा अन्य छ यात्रु गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिए । घाइतेलाई जिल्ला अस्पताल सल्ले ल्याइँदैछ । अहिलेसम्म मृतकको पहिचान भइसकेको छैन । 

जिप सडकबाट करिब १५० मिटर तल खसेको बताइएको छ । प्रहरीका अनुसार क्षमताभन्दा बढी यात्रु राखेकाले दुर्घटना भएको हो । पाँच यात्रु क्षमताको जिपमा २३ जना सवार थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै