• २०८१ बैशाख ७ शुक्रबार

आइपिएल खेल्न सन्दीप आगामी मंगलबार भारत जाँदै

kharibot

काठमाडौँ ।  पहिलो पल्ट आइपिएल खेल्न लागेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आगामी मंगलबार त्यसतर्फ जादै छन् । 

सोमबार मात्र विश्वकप छनौट खेलेर स्वदेश फर्किएका सन्दीप यहि चैत्र २४ गतेदेखि सुरु हुने आइपिएलमा दिल्ली डेयर डेभिल्सका तर्फबाट खेल्न त्यसतर्फ जान लागेका हुन् । 

खरीबोटसँग कुरागर्दै सन्दीपले आफु चैत्र १३ गते आइपिएलका लागि भारततर्फ जाने जानकारी दिएका हुन् ।

दिल्लीले पहिलो खेल चैत्र २५ गते किंग्स इलेभेन पंजावविरुद्ध खेल्दै छ । 

भर्खरै सम्पन्न विश्वकप छनौटमा सन्दीपले ६ खेलमा १३ विकेट लिए । सन्दीपले प्रतियोगितामा कुल ५७।४ ओभर बलिङ गर्दै ९ मेडन ओभर फालेका छन् । उनी प्रतियोगितामा सबैभन्दा धेरै मेडन ओभर फाल्ने खेलाडी बनेका छन् । 

यस अघि नामिबियामा सम्पन्न डिभिजन २ मा प्लेयर अफ द टुर्नामेन्ट बनेका सन्दीपले कुल १७ विकेट लिएका थिए ।

आइपिएलमा सन्दीपले अस्ट्रेलियन पुर्वकप्तान रिक्की पोंटिंगको कोचिंग र गौतम गम्भीरको कप्तानीमा खेल्ने छन् । क्यारीबीयन प्रिमियर लिगमा समेत छानिएका सन्दीप आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् । 

लिस्ट ए क्रिकेटमा कुल २१ खेल खेलेका सन्दीपले अहिलेसम्म ४२ विकेट लिएका छन् । जसमा सन्दीपले दुइ पटक ४ विकेट लिएका छन् भने एक पटक ५ विकेट लिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै