• २०८१ बैशाख १४ शुक्रबार

डीपीएल— २ को खेल तालिका सार्वजनिक

kharibot

काठमाडौं । धनगढीमा चैत १७ गतेदेखि हुने रुस्लान — धनगढी प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ ।

आयोजकले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार १७ गते पहिलो दिन धनगढीको टिम चौराहा र काठमाडौं गोल्डेनबीच खेल हुनेछ । प्रतियोगितामा २५ गतेसम्म लिग चरणको खेल हुनेछ भने २७ र २८ गते क्वालिफायर चरणका खेल हुनेछ । त्यस्तै चैत ३० गते फाइनल खेल हुनेछ ।

विश्वकप छनोट खेलेर राष्ट्रिय टोलीका सदस्यहरु फर्किएसँगै सहभागी टोलीहरुले प्रतियोगिताका लागि विशेष तयारी थालेका आयोजक धनगढी क्रिकेट एकेडेमीले जानकारी दिएको छ ।

आइसीसीले प्रतियोगितालाई मान्यता दिएसँगै विदेशी खेलाडीहरु भित्र्याउने विषयमा पनि टिमहरु अन्तिम चरणमा रहेका शाहीले उल्लेख गरेका छन् ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै