• २०८१ बैशाख ८ शनिबार

काबुलमा नयाँ बर्ष मनाउँदै गरेका नागरिकमाथि आक्रमण, २९ को मृत्यु

kharibot

काबुल, अफगानिस्तान ।  काबुलमा पर्सियाली नयाँ बर्ष मनाइरहेका नागरिकहरूलाई लक्षित गरी गरिएको आत्मघाती आक्रमणमा बुधबार कम्तिमा २९ जनाको मृत्यु भएका अफगानी अधिकारीले जनाएका छन् । 

मृतकमध्ये अधिकांश किशोरकिशोरी रहेका बताइएको छ । उक्त घटनामा कम्तिमा ५२ जना घाइते भएका छन् भने केही गम्भीर रूपमा घाइते भएका बताउँदै अफगानी स्वास्थ्य मन्त्रालयले मृतक सङ्ख्या अझै बढ्न सक्ने जनाएको छ । 

तर गृह मन्त्रालयका गृहमन्त्रालयका प्रवक्ता नसरत रहिमीले २६ जनाको मृत्यु भएको र १८ जना घाइते भएका बताउनुभयो । आक्रमणमा मारिएका तथा घाइते सवै सर्वसाधारण रहेको जनाइएको छ । 

घटनाको इश्लामिक स्टेट समूहको अमाक नामक सञ्चारमाध्यम मार्फत जिम्मेवारी लिएको छ । अफगानिस्तानमा लामो समयदेखि सरकारसँग लड्दै आएको तालिवानी समूहले भने ट्वीटरमार्फत घटनामा आफ्नो सम्लग्नता नरहेको जनाएको थियो । 

आक्रमणकारी पैदलयात्रीका रूपमा काबुल विश्वविद्यालय तथा एक अस्पताल नजिकै पुगेपछि तामझामले नयाँ बर्ष मनाइरहेका युवाहरूलाई लक्षित गरी बिष्फोट गराएको रहिमीले बताउनुभयो । 

अफगानिस्तानको राजधानीमा भराइए ठूला विष्फोटमध्ये यो पाँचौँ आक्रमण हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै