• २०८१ बैशाख ७ शुक्रबार

ओमानमा अलपत्र परेका आठ नेपाली कामदारको उद्धार

kharibot

काठमाडौँ । ओमानमा अलपत्र परेका आठ नेपाली कामदारको उद्धार गरी नेपाल फर्काइएको छ । 

मस्कट ओमान स्थित नेपाली राजदूतावासले ती कामदारलाई उद्धार गरी नेपाल पठाएको आज विज्ञप्तिमार्फत जनाएको हो । 

उद्धार गरिएकामा द्वारिकाप्रसाद चौधरी, रामु गिरी, राजकुमार तामाङ, देवबहादुर विक, ज्ञानबहादुर थापा, विक्रम राई, राजेन्द्र गिरी र तेजेन्द्र राना छन् । 

ओमानको सोहारस्थित एक कम्पनीमा काम गर्न आएका कामदारले करार सम्झौताबमोजिमको सुविधा नपाएर अलपत्र अवस्थामा रहेको भन्ने उजुरीका आधारमा दूतावासको पहलमा नेपाली कामदारलाई सकुशल स्वदेश फिर्ता गरिएको दूतावासले जनाएको छ ।

उद्धार अवधिभर पीडित कामदारलाई ओमानस्थित प्रवासी नेपाली मञ्चले खान बस्नसमेतको व्यवस्थापन गरेकामा दूतावासले धन्यवाद ज्ञापन गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै