• २०८१ बैशाख ८ शनिबार

नेप्से घट्नेक्रम जारी, आज २४ अंकको उच्च गिरावट

kharibot

काठमाडौं । नेप्सेमा आज बुधबार पनि उच्च अंकले गिरावट आएको छ । आज 

सेयर कारोवार रकममा अघिल्ला दिनहरुको तुलनामा सुधार देखिएपनि नेप्से सुचक भने दोहोरो अंकले घटेको छ । 

नेप्से २४ दसमलव चार अंकले घटेर १२ सय ३१ दसमलव सात बिन्दुमा झर्दा सेन्सिटिभ पाँच दसमलव ४९ अंकले घटेर दुई सय ६२ दसमलव ४० बिन्दुमा झरेको छ । 

नेप्सेमा आज एक सय ५१ कम्पनीहरुको पाँच हजार छ सय ५७ वटा कम्पनीहरुको नौ लाख ३३ हजार छ सय ९७ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ३७ करोड ८३ लाख ८७ हजार ११ रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज नौ वटा समुहको कारोवार भएकोमा उत्पादमुलक समुहको सुचकमा ५८ दसमलव ४८ अंकले सुधार देखिएपनि बाँकी समुहको सुचक उच्च अंकले घटेको छ । 

सबैभन्दा उच्च अंकले घटेको बीमा समुहको सुचक एक सय ८६ दसमलव ६९ अंकले घटेर पाँच हजार आठ सय पाँच दसमलव १७ बिन्दुमा झरेकोमा आठ करोड ३७ लाख ७३ हजार तीन सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । 

बाँणिज्य बैक समुहको सुचक २२ दसमलव ११ अंकले घटेर एक हजार ९५ दसमलव ८५ बिन्दुमा झरेकोमा १७ करोड ५० लाख १५ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । बिकास बैंक समुहको सुचक पनि आज १३ दसमलव ८६ अंकले घटेर १४ सय ५७ दसमलव २५ बिन्दुमा झरेकोमा एक करोड ५७ लाख ४४ हजार एक सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

यि बाहेक होटल, जलबिद्युत, फाईनान्स, अन्य र लघुबित्त समुहको सुचकमा पनि आज उच्च बिन्दुले गिरावट आएको छ । 

आज बढी कमाउने कम्पनीको सुचीमा परेको युनिलिभर नेपाल लिमिटेडको सेयर मुल्य छ रुपैयाँ ११ पैसाले बढेर २६ हजार दुई सय ११ रुपैयाँमा प्रतिकित्ता सेयर कारोवार भएको छ भने गुमाउने कम्पनीको सुचीमा परेको प्रोग्रेसिभ फाईनान्सको सेयर मुल्य नौ रुपैयाँ नौ पैसाले घटेर एक सय ५० रुपैयाँमा सेयर कारोवार भएको छ । 

रकम कारोवारका आधारमा अग्रस्थानमा परेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको १६ सय १८ रुपैयाँ अन्तिम मुल्यमा तीन करोड ४६ लाख ७६ हजार तीन सय ५४ रुपैयाँको सेयर कारोवार भएको छ । 

यसैगरी नेपाल बैंकको पनि आज तीन सय पाँच रुपैयाँ अन्तिम मुल्यमा दुई करोड छ लाख ६७ हजार पाँच सय ४९ रुपैयाँको सेयर कारोवार भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै