• २०८१ बैशाख ७ शुक्रबार

जनप्रतिनिधि फलोअप काठमाडौँ महानगर वडा नम्बर ७ : चाबहिल चोक अझै प्रमुख समस्या 

kharibot

काठमाडौँ । काठमाडौँ महानगरपालीकाका ३२ वडा मध्ये ठूलो वडाको रुपमा वडा नम्बर ७ रहेको छ । 

यस वडाका वडा अध्यक्ष शुद्धकुमार डंगोल वडामा विकास निर्माणका कामहरु सुरु गरिएको बताउछन् । खरीबोटसँग कुराकानीमा डंगोलले यस वडामा पर्ने चाबहिल चोकको समस्यादेखि बाटो, शिक्षा, स्वास्थ्यका कुरा गर्न भ्याए । उनले यस वडालाई शिक्षाको हब बनाउने योजना सुनाउदै डंगोलले स्वास्थ्य क्षेत्रमा खासगरी बृद्ध बृद्धाकाल आगी काम सुरु गरिसेको बताए । आफ्नु निर्वाचित भएदेखि डंगोलले आफुले गरेका कामको फेहरिस्त यसरी राखे । 

वडा नम्बर ७ मा साना गल्लीदेखि बार फिटसम्मका बाटामा ईन्टर लक ब्लक,  ढलान लगाएतका काम भएका छन् भने कतिपय ठाउमा कम भइरहेको डंगोलले बताएका छन् । 
अध्यक्ष डंगोलले स्थानीय वडाबासीको ३० प्रतिशत र महानगरपालीकाको ७० प्रतिशत सहभागीतामा धेरै कामहरु भएको खरीबोटलाई बताए । 

यस वडामा वार्षिक २ करोड २५ लाख बजेट छुट्याएको भन्दै डंगोलले चारुमती बिहारमा लगभग ३० लाखमा  ढुङ्गा छाप्ने काम सुरु गरीएको छ  भने नेपाल सरकारको तर्फबाट भगवान थान वरपर ढुङ्गा छाप्ने तथा ढल ब्यवस्थित गर्ने तथा पिङ्गला बिहारको अगाडी ढुङ्गा छाप्ने तथा गेट बनाउने काम सुरु गर्न लागिएको बताए । 

पहिलो चौमासिकमा ७ नम्बर वडामा धेरै काम भएको बताउदै उनले गंगाहिटिमा ढुङ्गेधारा मर्मतम वडाका बिभिन्न स्थानमा मंगल सफा गर्ने कामम स्वर्णपूर मार्गमा आरसिसि कार्य, सूकम्बासी वस्तीको बाटोमा पिसिसि कार्य, शान्ती गोरेटोमा ब्लक छाप्ने काम,  चारुमती मार्गमा ब्लक छाप्ने काम,  गौरीनगर असहज गल्लीमा ब्लक तथा ढल राख्ने कार्य, बिभिन्न स्थानमा सडक बत्ती जडान सम्पन्न  भएको छ । 

त्यस्तै यस वडामा दोस्रो चौमासिकमा मिरमिरे टोलमा हयूम पाईप राख्ने काम, बूलबूल र स्वर्णपूरमा आरसिसी कार्य, मैजूबहालमा मंगल, ढल र डेन मर्मत, कूमारी मंदिर कूमारीगालमा जस्ता,  छाना राख्ने कार्य, सिफल मंदिर मर्मत कार्य सम्पन्न भईसकेको उनले बताए । त्यस्तै बूबूले धोबीखोला, गणेश मार्ग चाबहिल,  गंगाहिटि पूरानो मालपोत, गंगाहिटि मध्यमार्ग, कूटूवहाल, नयाँ मार्ग सुनौलो बस्ती, सानू मिश्र गल्ली, साईमार्गभित्र बाकोट मार्ग ब्रिलियन्ट कलेज जाने बाटो, धोबीखोला करीडोर लगायतका स्थानमा ब्लक छाप्ने कार्य भइरहेको उनले बताए । लेयसिम स्कुल,  ओमसाई मार्गमा आरसिसि कार्य भइरहेको, बूलबूलेमा क्रियापूत्री बस्ने भवन मर्मत,  उमामहेश्वर मार्गमा ढूङ्गा छाप्ने,  नव जागृति मार्गमा  ढूङ्गा छाप्ने तथा ढल बनाउन काम धमाधम भइरहेको उनले बताए । 

यो मध्य वडा नम्बर ७ का बिभिन्न स्थानमा ढल तथा ब्लक छाप्ने कार्यको लागी ईस्टिमेट तयार गरीएको उनले जानकारी दिए ।  

संगोल भन्छन- ‘काठमाण्डौँ महानगरको वडा नम्बर ७ ठूलो छ । यहाँ गर्नुपर्ने कामहरु धेरै छन्  । चाबहिल चोकमा एउटा आकाशे पुल अत्यावश्यक रहेको र यसका लागि महानगरसँग प्रर्याप्त बजेट नभएकोले हुन सकेको छैन । यसको लागी  महानगर र सडकसँग पनि कुरा गरीरहेको छु ।’

केन्द्रमा सरकार गठन भएसँगै सरकारसँग पनि कुरा गरेको उनले बताए  । त्यस्तै मेडीकेयर पछाडीको १०-११ रोपनी जग्गामा सबैलाई समेट्ने गरी ठूलो भवन बनाउने र त्यै ठाउँमा सबै सामान पाउने गरी असर ,ईन्द्रचोक र बिशाल बजार जान नपर्नेगरी सबै थोक एकै ठाउँमा पाउनेगरी कमर्सियल भवन बनाउने योजना रहेको बताए ।  

त्यस्तै युवादेखि बृद्दबृद्दा सम्मलाई समेट्नेगरी थेरापी , खेलकुद लगायतका काम गर्न मिल्नेगरी काम गर्ने योजना पनु उनले सुनाए । 

त्यसको लागी गुठीसंस्थासँग कुरा गरेर ३ तला सम्मको पाकिङ गर्ने ब्यवस्था गर्न सके ट्राफिक जाम समेत कम हुने उनको भनाई छ ।  

त्यस्तै , २०७५ को आगमनसँगै वडा नम्बर ७ लाई फुटपात र फोहोर मुक्त वडा घोषणा गर्ने र त्यसको लागी ‘क्लिन द सिटि अभियान’ अनुसार प्रत्यक शनिबार सरसफाई कार्यक्रम समेत संचालन गदै आएको डंगोलले बताए । 

चाबहिलको सबैभन्दा ठूलो समस्या नै ट्राफिक जाम भएको बताउँदै डंगोलले  मेलम्ची खानेपनीको कारणले जताततै फोहोर र ट्राफिक जाम भएको बताउँदै ट्राफिक जाम कम गर्न गौशाला प्रहरी तथा ट्राफिक प्रमुखसँग कुरा गरीरहेको बताए । त्यस्तै , २० बर्ष पुराना गाडी हटेसँगै जाम कम भएको महशुस भएको उनले बताए  ।  

महिला शसक्ति करणको लागी बेकरी,  डकर्मि,  कौशिखेती तालिम दिनुका साथसाथै महिलाहिंसा बिरुद्दको बारेमा प्रशिक्षण दिइएको उनले बताए ।  जसमध्ये कौशिखेतीमा महिलाहरु एकदमै जागरुप रहेको उनले बताए । सिपलाई प्रयोगमा ल्याउनुपर्ने उनको धारणा छ । त्यस्तै शिक्षा , स्वास्थ्यमा पनि आफुले पहल गरिरहेको बताए । यस वडामा ५७ स्कुल तथा कलेज रहेको बताउदै उनले कम्तीमा सरकारी र नीजि स्कुलको गुणस्तरमा कम हुनु नहुने भन्दै त्यसको लागी आफुले शिक्षामा ७ नम्बर वडालाई हवको रुपमा खडा गर्ने योजना रहेको बताए । 

जेष्ठ नागरी अपहेलीत भएको बताउदै वडास्तरीय जेष्ठ नागरीक क्लब खोलेको र  सामुदायिक भवन मैजुवालमा  डेकेयर जसरी दिनभरी भलाकुसारी गर्ने र समय बिताउने ठाउँ बनाएको बताए । जहाँ स्वास्थ्य परिक्षण सम्मको काम गरिने छ । जसको लागी बेन्च तथा टिभि समेत ब्यवस्था गरेको उनको भनाईछ । त्यस्तै , ७ नम्बर वडामा रहेको  सानासान जग्गामा ग्रिन आइल्याण्ड बनाउदै आएको बताए ।     
    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै