• २०८१ बैशाख १३ बिहीबार

सुकीका विस्वास पात्र मानिने म्यानमारका राष्ट्रपतिद्वारा राजीनामा 

kharibot

याङ्गुन । म्यानमारका राष्ट्रपति हतिन कायले आफ्नो पदबाट राजीनामा दिएका छन् । 

राष्ट्रपतिको कार्यालयका एकजना अधिकारीका अनुसार उनी अस्वस्थ भएपछि आरामका लागि भन्दै पदबाट राजीनामा दिएको बताइएको छ ।  बुधबार उनले आफ्नो पदबाट राजीनामा दिनुभएको स्थानीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । 

म्यानमारको राष्ट्रपति कार्यालयका एकजना निर्देशक उ चा तेले बढीमा सात दिनभित्रमा नयाँ राष्ट्रपति चयन गरिसक्नुपर्ने संवैधानिक प्रावधान रहेको जानकारी दिए ।

त्यतिन्जेलसम्मका लागि यहाँका वर्तमान उपराष्ट्रपति उ मिन्त स्वेले नै कार्यबाहक राष्ट्रपतिका रुपमा काम गर्ने जनाइएको छ । 

म्यानमारका राष्ट्रपति ७२ वर्षीय काय सन् २०१६ मा निर्वाचित भएका थिए । नेतृ आङ साङ सुकीका विस्वास पात्र मानिने काय, सुकी आफ्ना तीन विदेश छोराछोरी भएका कारण राष्ट्रपति हुन नपाएपछि राष्ट्रपति बनेका थिए ।

पछिल्लो समय सरकारद्वारा रोहिग्या मुस्लिमहरुलाई दमन गरिएको भन्दै सरकारको चौतर्फी अलोचन बहिरहेको थियो । पछिल्लो ६ महिनामा मात्र ७ लाख बढी रोहिग्या मुस्लिमले बंगलादेशको बर्डर काटेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै